२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

प्रचण्ड अझै एक हप्ता सिंगापुरमै रहने

प्रचण्ड अझै एक हप्ता सिंगापुरमै रहने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अझै एक साता सिंगापुरमा रहने भएका छन् । पत्नी सीताको उपचार लम्बिएपछि उनी तत्काल नेपाल नफर्किने भएका हुन् । पत्नी सीताको उपचारका लागि उनी गत ४ असारमा त्यसतर्फ प्रस्थान गरेका थिए ।

सीता दाहाललाई वाटरथेरापी र डाक्टरको प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्ने सल्लाह दिएपछि प्रचण्डको सिंगापुर बसाइ लम्बिएको हो । आजको नयाँ पत्रिकामा समाचार छ । सीताको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । उनी बाथ, सुगर, प्रेसर र पेटसम्बन्धी रोगबाट पीडित छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij