तत्कालिन एमालेको भ्रातृ संगठन युवा संघ र माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल खारेज भएको छ ।
युवा संघ नेपाल र वाईसीएलको तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरमा बसेको संयुक्त बैंठकले दुबै संगठन खारेज गरेको हो ।
दुईवटै पार्टी एक भएपछि भ्रातृ संगठन पनि एक भएर अगाडि बढ्ने निर्णय गरिएको वाईसियल नेताहरुले बताएका छन् ।
संगठन विस्तारका लागि दुबै संगठनका नेता सम्मिलित कार्यदल बनाएर अगाडि बढ्ने निर्णय पनि बैंठकले गरेको छ ।
अब बन्ने नेपाल कम्युनिष्ट पार्टीको युवा भ्रातृ संगठनमा दुबै पार्टीका युवा नेता समावेश गर्नु पर्ने भएकाले झण्डै चारसयको केन्द्रीय समिति बन्ने जनाइएको छ ।
बैठकमा युवा संगठनले लिने रणनीति, पार्टी र सरकारको पनि समीक्षा गरेको छ ।
बैठकमा कम्युनिष्ट सरकार हुँदासमेत जनताको काम हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij