२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

विर अस्पतालमा उपचार हुँदै, गुन्डा नाइके अशोक लामा इन्काउन्टर, पेस्तोल र गोली बरामद !

गुन्डा नाइके अशोक लामा इन्काउन्टर, पस्तोल र गोली बरामद !

गुन्डा नाइके अशोक लामा इन्काउन्टर, पस्तोल र गोली बरामद !

विर अस्पतालमा उपचार हुँदै

काठमाडौंको शंखमुलस्थित यूएन पार्कमा ललितपुरका गुन्डा नाइके अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ ।

मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्न महाशाखाको टोली त्यहाँ पुगेको थियो । तर, प्रहरी टोलीमाथि जाइलागेपछि गोली चलाउनु परेको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए ।

घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल र दुई राउण्ड गोली समेत बरामद गरेको छ । लामालाई एउटा गोली लागेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

गुन्डा नाइके लामा प्रहरीमा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी सूचीमा थिए ।

उनले ललितपुरको सातदोबाटो लगायका क्षेत्रमा व्यवसायीलाई धम्क्याएर अवैध रकम असुली गर्ने गरेको उजुरी आएपछि प्रहरीले निगरानी बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij