पहिलाेपटक किसान, व्यापारी र कृषि बजार निर्देशनालयको बोर्ड बैठकले व्यवसायीहरुलाई चार भागमा बर्गीकरण गर्दै चित्तबुझ्दो जवाफ नआए सम्झौता रद्द समेत गर्ने निण गरेको छ ।
बर्गीकरणबाट व्यापारीलार्इ रातो, निलो, पहेलो र सेतो गरी ४ रङका स्टिकरहरू उपलब्ध गराइनेछ ।
बजारमा नियमित नआउने, कारोवारमा संलग्न नहुने, विदेशमा बसेर अरुलाई नै व्यवसाय गर्न लगाउने वा भाडामा पसल दिने व्यवसायीले रातो स्टिकर पाएका छन् ।
त्यस्तै, बजारमा कहिलेकाँही उपस्थित हुने र आफन्तबाट बजार सञ्चालन गर्ने व्यवसायी निलो बर्गमा परेका छन् भने व्यवसायी आफै उपस्थित भएर पनि अरु सहित राखेर कारोवार गर्ने व्यवसायीले पहेँलो स्टिकर पाएका छन् ।
बजारमा राम्रो काम गर्ने व्यवसायीले भने सेतो स्टिकर पाएका छन् । रातो पाउनेमा ९९, निलो पाउनेमा १३१, पहेँलो २०९ र सेतो १५९ व्यवसायी छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij