
हामी एउटा वस्तुको विक्रेता भएपनि अन्य थुप्रै वस्तुहरुको निम्ति भने हामी पनि उपभोक्ता नै हौं । यस्तो अवस्थामा हामीले पनि समाज प्रतिको हाम्रो दायित्व पूरा गर्नुपर्छ भन्ने मान्यताले हाम्रा गतिविधिहरु अघी बढाइरहेका छौं ।
अहिले हाम्रो महासंघ अन्तरगत ५ प्रदेशमा संगठन समेत स्थापना भइसकेको छ । २ प्रदेशमा बाँकी रहेका संगठन स्थापना तथा ती संघहरुलाई चलायमान बनाउने जिम्मेवारी महासंघको नै रहन्छ । अब हामीले संघीय संरचना बमोजिम स्थापना भएका संस्थालाई चलायमान बनाउन महासंघ अन्तरगत राम्रो सिष्टम विकास हुनु आवश्यक छ ।
अघिल्लो कार्यकालका अध्यक्ष ज्ञानेश्वर अर्याल सहितको टिमले ग्यास विक्रेता महासंघलाई सिष्टमेटिक रुपमा अघी बढाउनको निम्ति विशेष पहल गर्नुभएको थियो । त्यसै बमोजिम अब भने हाम्रो महासंघलाई अघी बढाउन निकै सहज हुनेछ । महासंघको जिम्मेवारी बढ्दै गइरहेको समयमा हामीले अहिले महासंघको आर्थिक मितव्ययितामा समेत विशेष सजगता अपनाएका छौं ।
आर्थिक पारदर्शितामा जोड दिइनेछ :
ग्यास विक्रेता महासंघ नेपालको नयाँ कार्यसमितिले संस्थाको आर्थिक पारदर्शितालाई विशेष जोड दिइने समेत बताएका छन् । महासंघको नयाँ कार्यसमिति अन्तरगत मनोनित कोषाध्यक्ष राजेश दाहालले सेतोघर डट कम सँगको कुराकानीको क्रममा उनले सो कुरा बताएका हुन् । कुनै पनि संस्थालाई सही तवरले सञ्चालन गर्नको निम्ति पारदर्शिता निकै महत्व हुने गर्छ ।
कोषाध्यक्ष दाहालले आफू संस्थाको हितमा निरन्तर लागिरहने बताउँदै सबै व्यवसायीहरुलाई आफ्नो जिम्मेवारी प्रति विस्वस्त रहन समेत आग्रह गरे । उनले भने, ‘म लगायत हाम्रा सम्पूर्ण कार्यसमिति प्रति ग्यास व्यवसायीहरुले जुन विश्वास गर्नुभएको छ, हामी त्यो आशालाई निराशामा परिणत हुन दिँदैनौं ।’ उनले थपे, अहिले महासंघको जिम्मेवारी थप बढेको अवस्थामा संस्थालाई सही दिशामा चलाउनको निम्ति सबै सदस्यहरुले आफ्नो ठाउँबाट सहयोग गर्न समेत आग्रह गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij