ग्यास विक्रेता महासंघ नेपालले आफूहरुका मागहरु सम्बोधन गर्नुपर्ने माग गर्दै नेपाल आयल निगमका कामु कार्यकारी निर्देशक शुशिल भट्टराई समक्ष मागपत्र आज बुझाएका छन् । मागपत्र व्यवस्थित बजार र आत्मनिर्भर कारोबारमा केन्द्रित छ ।
महासंघले बुझाएको ५ बुँदे मागपत्रमा सबै विक्रेताको अनिवार्य प्रमाणिकरण गरिनुपर्ने, देशभर ग्यास प्रयोगको क्रममा हुन सक्ने दुर्घटना न्यूनीकरणको लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने, तालिम प्राप्त विक्रेताहरुले मात्र ग्यास कारोबार गर्न पाउने, ग्यास डिलर र कर्मचारीहरुको विमा गरिनुपर्ने, व्यवसायीहरुले पाउनुपर्ने कमिसन कम्तीमा ५ प्रतिशत हुनुपर्ने लगायतका कुराहरु उल्लेख छन् ।
सरकारले आफूहरुका माग पूरा गर्न चासो नदेखाए रहर नभई बाध्यतावश आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने तर्फ समेत उनले सङ्केत गरेका छन् ।
साथै कारोवारलाई व्यवस्थित र आत्मनिर्भर बनाउनको निम्ति सरकारले चाल्ने जुनसुकै कदममा पनि आफूहरु साथ दिन तयार रहेको समेत महासंघ टिमले आयल निगम सँग प्रतिवद्धता जनाएको छ ।
साथै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले सेताेघर डट कमसँग कुराकानीकाे क्रममा व्यवसायीहरु समस्यामा रहेको र यस सम्बन्धमा निरन्तर रुपमा महासंघले आफ्ना मागहरु सरकारसँग राख्दै आएको बताउँदै माग पूरा नभएसम्म आफूहरु निरन्तर लागिरहने समेत बताएका छन् । उनी लामाे समय देखि ग्यास व्यवसायलार्इ व्यवस्थित बनाउनकाे निम्ति लागिरहेका अग्रणी व्यवसायी हुन् । 
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij