निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन काठमाडौं (प्याब्सक) को आयोजनामा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा शारदा स्कुल कपनका छात्र किरणराज फुयाँल विजयी भएका छन् । जोरपाटीको कान्तिपुर स्कुलमा सम्पन्न ‘प्रकृति र मानव जीवन’ शीर्षकको वक्तृत्तवकला प्रतियोगितामा प्रथम हुँदै फुयाँलले २५ सय नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
२७ वटा विद्यालयबाट एक–एक जना विद्यार्थी सहभागी उक्त प्रतियोगितामा कपन कै पायोनियर स्कुलकी छात्रा दीपिका ढुंगाना दोस्रो भइन भने प्रिन्सटन स्कुलकी छात्रा निरुता तेस्रो र माण्डु एकेडेमीकी छात्रा प्रियासी भण्डारी चौथो भइन । दोस्रो, तेस्रो र चौथो हुने विद्यार्थीहरुले क्रमश २ हजार, १५ सय र १ हजार नगद सहित मेडल, ट्रफी र सटिर्फिकेट प्राप्त गरेका छन् ।
प्रतियोगीतामा कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा प्याब्सकका अध्यक्ष बालकुमार गुरुङ, डुब्ल्युभ्यानका अध्यक्ष अक्कल तामाङ, एन( प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा, श्याम कार्की, विष्णु पराजुली तथा विद्यालयका प्रधानाध्यापक लगायतका उपस्थिति थियो
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij