ग्यास विक्रेता महासंघ नेपालको ३ नम्बर प्रदेशको पहिलो पूर्ण वैठक हेटौंडामा सम्पन्न भएको छ । उक्त वैठक महासंघको ३ नम्बर प्रदेशका संयोजक अर्जुन खत्रीको नेतृत्वमा सम्पन्न भएको हो ।

वैठक सम्पन्न भइसकेपछि ग्यास विक्रेता महासंघ केन्द्रीय तथा प्रादेशिक कमिटीले ३ नम्बर प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल लगायत उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल, आन्तरिक तथा कानुन मन्त्री शालिकराम जमकट्टेल, आर्थिक ममिला तथा योजनामन्त्री कैलास प्रसद ढुङ्गेल लगायतलार्इ भेटेर अाफ्ना मागहरू सहितकाे ज्ञापनपत्र बुझाएकाे छ ।
३ नम्बर प्रदेशको प्रथम पूर्ण वैठकमा महासंघको तर्फबाट अध्यक्ष महेश्वर कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्याल, महासचिव विनोद काफ्ले लगायतका व्यक्तिहरु सहभागि हुनुभएको थियो ।
वैठकमा व्यवस्थित बजार र आत्मनिर्भर कारोबारको अलावा जनचेतना अभिवृद्धि, डिलर प्रमाणिकरण, व्यवसायको बिमा लगायतका विषयहरुमा महासंघ र प्रदेशका प्रतिनिधिहरु बीच छलफल भएकाे थियाे ।
ग्यास व्यवसायमा संलग्न व्यवसायीहरूका समस्या समाधानकाे निम्ति अाफूहरूले सहयाेग गर्ने जनाएकाे कारण अाफूहरूलार्इ हाैसला मिलेकाे ३ नम्बर प्रदेश संयाेजक अर्जुन खत्रीले बताउनुभयाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij