२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

ग्यास विक्रेता महासंघ भन्छ, अान्दाेलन हाम्राे रहर नभइ बाध्यता हुनेछ

ग्यास विक्रेता महासंघ भन्छ, अान्दाेलन हाम्राे रहर नभइ बाध्यता हुनेछ

माग सम्बाेधन नभए शशक्त अान्दाेलनमा जान्छाैं

ग्यास विक्रेता महासंघ नेपालका सम्पू्र्ण ग्यास व्यवसायीहरुको साझा संस्था हो । यस संस्थामा कुनै पनि किसिमको राजनीतिक छाया पर्न नदिई सामुहिक भलोको निम्ति सबै पक्षलाई सम्बोधन गर्ने गरी वरियताको आधारमा भर्खर मात्रै महासंघले नयाँ कार्यसमिति चयन गरेको छ । यसको अलावा प्रादेशिक संरचना बमोजिम तदर्थ कार्यसमिति ५ प्रदेशमा गठन गरेको महासंघको जिम्मेवारी थप बढेको छ ।


नयाँ कार्यसमिति निकै शशक्त र जागरुक छ । ज्ञानेश्वर अर्याल नेतृत्वको कार्यकाल समेत महासंघको निम्ति उपलब्धिमूलक नै रह्यो । यद्यपि महत्वपूर्ण निर्णय र नीतिगत सुधारको निम्ति भने अघिल्लो कार्यकालमा केही व्यवधानहरु पनि थिए ।
नयाँ निर्वाचित कार्यसमितिले भने ग्यास व्यवसायीका समस्या, संगठन विस्तार, सचेतनामूलक कार्यक्रम, कमिसन वृद्धि लगायतलाई एकसाथ अघी बढाउने नवनिर्वाचित अध्यक्ष महेश्वर श्रेष्ठले बताउनुभएको छ । सरकारले आफ्ना माग पूरा गर्न तयार नभए तत्काल नै आफूहरु आन्दोलनमा जान बाध्य हुने समेत ऊहाँले बताउनुभयो । साथै आन्दोलन आफूहरुको रहर नभई बाध्यता हुने समेत ऊहाँको धारणा छ । श्रेष्ठ अघिल्लो कार्यकालमा महासंघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

वरिष्ठ उपाध्यक्ष बन्नुभएका चन्द्र थापा ग्यासको व्यवस्थित बजार र आत्मनिर्भर कारोबारमा लामो समय देखि सक्रिय व्यक्ति हुनुहुन्छ ।

यस्ताे छ महासचिवकाे धारणा ः
नयाँ कार्यसमितिको नेतृत्वमा महासचिवको जिम्मेवारी ग्यास व्यवसायी संघ काठमाडौंको अध्यक्षको जिम्मेवारीबाट अघिल्लो महिना मात्र कार्यकाल सकिएर निवर्तमान बन्नुभएका विनोद काफ्लेले प्राप्त गर्नुभएको छ ।
आम व्यवसायीहरुको सामुहिक हितको निम्ति कार्य गर्नुपर्छ भन्ने मान्यताले लामो समय देखि निरन्तर रुपमा सक्रिय काफ्ले नेपालमा रहेका व्यवसायीहरुको हक, हित र अधिकारको निम्ति काम गर्दै ग्यास व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउनको निम्ति आफ्नो भूमीका महत्वपूर्ण रहने बताउनुहुन्छ ।

समय र परिस्थिति बमोजिम अहिले सबै वस्तुमा मूल्य बढेको भएपनि ग्यास व्यवसायमा भने समय र परिस्थिति बमोजिम मूल्यमा परिवर्तन हुन नसकेको बताउँदै ऊहाँले व्यावसायिक हित र व्यवस्थित बजार तथा उपभोक्ता सुरक्षा सम्बन्धी केही प्रतिवद्धताहरु अघी सार्नुभएको छ ।
१. विक्रेता प्रमाणिकरण ः
ती प्रतिवद्धताहरु मध्ये विक्रेता प्रमाणिकरणलाई ऊहाँले जोडदार रुपमा उठाउनुभएको छ । हाल काठमाडौं उपत्यकामा विक्रेता प्रमाणिकरण राम्रो नभएको भन्दै यसलाई व्यवस्थित गर्नुपर्ने ऊहाँको धारणा छ ।

२. आधारभूत तालिम ः

ग्यास अति प्रज्वलनशिल वस्तु भएको कारण यो निकै जोखिमपूर्ण र संवेदनशिल समेत रहेको हुँदा ग्यासको प्रयोग सम्बन्धमा उपभोक्ता र व्यवसायी दुवैलाई आधारभूत तालिम अनिवार्य गर्नुपर्ने ऊहाँले बताउनुभयो ।
निकै संवेदनशिल ग्यास प्रतिको उपभोक्ताको असावधानी र सचेतना अभावको कारण दुर्घटनाहरु निकै बढेका छन् । त्यस किसिमका दुर्घटना बढिरहेका छन् । ती दुर्घटना घटाउनको निम्ति समेत विशेष कार्यक्रमहरु सञ्चालन गर्नु जरुरी छ ।

३. भ्याटको खारेजी ः
ग्यास व्यवसायमा अहिले लिँदै आएको भ्याटबाट खास गरी कम मुनाफामा काम गर्दै आएका व्यवसायीहरुलाई मार पर्ने किसिमको छ । ठूला व्यावसायिक घरानाहरुले भ्याट फिर्ता पाउने भएपनि सानो कारोबार गर्ने र कम मुनाफामा काम गर्ने व्यवसायीहरु भने भ्याट तिर्नुपर्ने अवस्था रहेको कारण यसलाई व्यवस्थित गर्नुपर्नेमा महासचिव काफ्लेको जोड छ ।

४. बिमा ः
ग्यास डिलरहरुमा काम गर्ने व्यक्तिहरुको अहिले सम्म दुर्घटना बिमा हुन सकेको छैन । अब सबै डिलरमा काम गर्ने व्यक्तिहरुको बिमा अनिवार्य छ ।

आफूहरुले पटक–पटक ग्यास कारोबार र सुरक्षालाई व्यवस्थित गर्नको निम्ति माथिका यी विभिन्न मागहरु सहितको ज्ञापनपत्र मन्त्रालयमा पेश गरेपनि ती माग सहितका ज्ञापनपत्र नेपाल आयल निगम सञ्चालन समितिको वैठकमा लामो समय पेश हुन सकेका नसकेको र पछिल्लो समय आफूहरुका मागहरु वैठकमा एजेन्डाको रुपमा वैठकमा प्रवेश भएपनि अघिल्लो अस्थिर सरकारले त्यसमा निर्णय लिन नसकेको अवस्थामा अबको स्थिर सरकारले आफ्ना मागहरु सम्बोधन गर्नेमा आफूहरु आशावादी रहेको महासचिव काफ्लेले सेतोघर डट कमलाई बताउनुभयो । ऊहाँले भन्नुभयो, ‘अब नेपालमा राजनीतिक स्थिरता आएको छ, ‘हामी आशावादी छौं, नेपालमा ग्यास व्यवसाय सम्बन्धमा हाम्रा मागहरु सम्बोधन हुनेछन् ।’
महासंघका कोषाध्यक्ष राजेश दाहालले संस्थागत सुसाशन र आर्थिक पारदर्शितामा जोड दिँदै अब महासंघलाई थप शशक्त बनाउने कुरामा जोड दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij