जनकपुर-मुख्यमन्त्री लालबाबु राउतलाई दिएको समर्थन नेकपाले फिर्ता लिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा उनले विवादित भाषण दिएको भन्दै नेकपाले समर्थन फिर्ता लिएको हो । आइतबार बसेको प्रदेश सभाको बैठकमा सबैभन्दा ठुलो दल नेपाल कम्युनिस्ट पार्टीले लालबाबुर राउत नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी दिएको हो ।
नेकपाका सांसदद्धय सत्यनारायण मण्डल र रामचन्द्र मण्डलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसदलाई दिएका हुन् । तत्कालीन माओवादी केन्द्रकातर्फबाट सांसद रामचन्द्र मण्डलले राउत नेतृत्वको सरकारको समर्थन फिर्ता लिइएको जानकारी दिँदै भने ‘मोदी आउँदा मुख्य प्रतिपक्षीलाई बेवास्ता गरियो । ‘सरकारले हामीलाई बेवास्ता गरेका कारण हामीले यस्तो कमद चालेका हौँ, आजैदेखि सरकारको समर्थन फिर्ता लिएका छौँ ।’
मोदी भ्रमणका बेला लालबाबुले दिएको अभिव्यक्ति विवादमा आएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij