ग्यास व्यवसायी महासंघ नेपालको प्रादेशिक संरचना बमोजिम ३ नम्बर प्रदेशको अध्यक्षमा अर्जुन खत्री निर्वाचित भएका छन् । उनी अघिल्लाे कार्यकालमा ग्यास विक्रेता महासंघ नेपालका काेषाध्यक्ष थिए ।

नवनिर्वाचित कार्यसमितिकाे उपाध्यक्षमा विनोदमान श्रेष्ठ र राधिका महर्जन छन् । महासचिवमा शालिकराम पोख्रेल निर्वाचित भएका छन् । जीवन कुमार श्रेष्ठ कोषाध्यक्ष छन् भने पुरुषोत्तम खनाल सचिव रहेका छन् । कार्यसमिति हाल १३ सदस्यीय छ ।
सहमतीय प्रणाली बमोजिम निर्वाचित अध्यक्ष अर्जुन खत्रीले ३ नम्बर क्षेत्रमा ग्यास व्यवसायलाई व्यवस्थित बनाउनको निम्ति आफूले निरन्तर पहल गर्ने प्रतिवद्धता समेत उनले जनाएका छन् । 
हाल ३ नम्बर प्रदेशमा ६ जिल्लामा मात्र रहेको संगठनलाई विस्तार गरी सबै जिल्लाहरुमा संगठन विस्तार गर्ने, विक्रेता प्रमाणिकरणलार्इ व्यवस्थित बनाउँदै व्यवस्थित र अात्मनिर्भर काराेबारकाे निम्ति पहल गर्ने लगायतका कामहरु यस प्रदेशको जिम्मेवारीमा रहनेछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij