२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

मृगौला पिडितलाई सहयोग

मृगौला पिडितलाई सहयोग

काठमाडौं । मुडुला कार्की सेवा समाजले मृगौला पीडित उदयपुरका ओम बहादुर कार्कीलाई आर्थिक सहयोग गरेको छ ।

सामाखुसी स्थित बुलन्द हस्पिटलमा संस्थाका कार्यबाहक अध्यक्ष रघुवीर कार्कीले सहयोग रकम हस्तान्तरण गरेका हुन् । सचिव हेमजङ्ग कार्की, कोषाध्यक्ष यसोदा कार्की, सदस्य राजेन्द्र कार्की र कार्यालय सचिव रीतु कार्की लगाएतको उपस्थितीमा ४० हजार रुपैयाँ पीडितलाई हस्तान्तरण गरिएको थियो ।

उदयपुर गाईघाट डिपुटोल ९ निवासी २९ वर्षिय ओम बहादुर कार्कीको दुवै मृगौला खराव भएपछि उनी उपचारका क्रममा आर्थिक अभाव बेहोरिरहेका छन् । उनलाई सहयोेगका लागि समाजले आव्हान गर्दा सो रकम जुटेको थियो । कोषाध्यक्ष यसोदा कार्कीले सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij