दिपक घिमिरे। धरान । नुवाकोट बिदुर नगरपालिका -११ स्तिथ गेर्खु डाडॉगाऊँका बैदेशिक रोज़गारीको शिलशिलामा कुवेतमा कार्यरत सन्तोष तिम्सिना नाम गरेका एक युवा करिब २२ दिन देखी सम्पर्क बिहिन भएका छन।
ऊनी बैदेशिक रोजगार अन्तर्गत रेस्टुरेन्टमा कामको लागी पाँच वर्ष आगाडी कुवेत गएका थिए। पाँच वर्षको अवधिमा दोश्रो पटकको छुट्टी सकेर कुवेत आएको १ वर्ष मात्र पुगेको उनी गत एप्रिल महीनाको २४ तारिक बाट बेपत्ता भएको परिवार श्रोतले जानकारी दीएका छन।
पारिवारिक श्रोतका अनुसार सन्तोष २२ दिन पहिला सम्म परिवारसँग राम्रै सम्बन्ध र सम्पर्क रहेको उनका दाई ठाकुर तिम्सीनाले हामीलाई जानकारी दिएका छन।
हराएका तिम्सिनाको खोजी सहजीकरण गरिदिन आमसञ्चार माध्यम, मानवाधिकारवादी संघसंस्था र सम्पूर्ण दाजुभाइ दिदीबहिनीसमक्ष आग्रह गरिएको उनका परिवारजनले बताएका छन् । सन्तोषका दाइले भाइको अवस्था पत्ता लगाइदिन आग्रह गर्दै कुवेतको नेपाली राजदूतावास,कुवेतका नेपाली पत्रकारहरु तथा कुवेतमा कार्यरत नेपाली दाजुभाई दिदीबहिनी लगाएत कुवेतमा कृयाशिल नेपाली संघ-संस्थाहरूलाई आग्रह गरेका छन।
फोटोमा देखिएका सन्तोषलाई तपाईहरुले कुवेतमा कही कतै देख्नु भएको भए तपशिल निम्न सम्पर्क नम्बरहरुमा खबर गरिदिनु होला ।
बसन्त थापा ५१५१७४६५
किरण तामांग ५१२०८९५३