२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

अनुगमन मेरो पहिलो प्राथमिकता —नवलपरासीका प्रजिअ उदय राना मगर

अनुगमन मेरो पहिलो प्राथमिकता —नवलपरासीका प्रजिअ उदय राना मगर

शशि पन्थी, भैरहवा । रुपन्देहीमा नवलपरासीबाट हालै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरले अनुगमनलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा पत्रकार संग परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरले नागरिक समाज, समाजका अगुवा, मिडियाकर्मी सबैको साथ आवश्यक रहेमा शान्ती सुरक्षा थप प्रभावकारी हुनेमा आफु ढुक्क भएको बताएका थिए । बिगतमा जिल्ला प्रशासन कार्यालयबाट पत्रकारहरुलाई सुचना लुकाइने गरेका घटनाहरु पुनः नदोहोरिउन भन्ने पत्रकारको सल्लाहमुलक जिज्ञासामा प्रजिअ रानाले कार्यालयलाई थप चुस्त दुरुस्त राख्नका लागि सबैको सल्लाह सुझावको आवश्यक रहेको हुनाले कार्यालयलाई थप नयाँ तरिकाले विकसित गरी सुचना आदान प्रदानमा मिडियालाई सहयोग गर्ने बताएका थिए ।
नवलपरासि जिल्लाको प्र.जि.अ. को पदिय जिम्मेवारी बाट सरुवा भई हाल रुपन्देहीको प्रमुख जिल्ला अधिकारीमा आएका रानामगरको घर नुवाकोट जिल्ला हो उनि १८ वर्ष सम्मको निजामति सेवाको अनुभव लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij