२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

राष्ट्रिय मानवअधिकार आयोगद्वारा अन्तरिम प्रतिवेदन तयार पार्न आग्रह

राष्ट्रिय मानवअधिकार आयोगद्वारा अन्तरिम प्रतिवेदन तयार पार्न आग्रह

काठमाडौं–राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगलाई अन्तरिम प्रतिवेदन तयार पार्न आग्रह गरेका छन् ।  नेपाल मानवअधिकार संगठनले बुधबार राजधानीमा गरेको कार्यक्रममा आयोगका अध्यक्ष शर्माले अन्तरिम प्रतिवेदन तयार पारी सरकारलाई बुझाउन दुवै आयोगलाई आग्रह गरेका हुन् ।

प्राप्त साधन र स्रोतमा नै प्राप्त उजुरीमाथिको सत्य–तथ्य पत्ता लगाउन सकिने भन्दै उनले अन्तरिम प्रतिवेदन बनाउन आग्रह गरे । दुवै आयोगले अन्तरिम प्रतिवेदन बुझाएपछि गम्भीर प्रकृतिका मानवअधिकार उलंघन गर्ने बिरुद्ध मुद्धा चलाउन सरकार बाध्यकारी हुने भन्दै उनले त्यसतर्फ गम्भीर बन्न समेत दुवै आयोगलाई आग्रह गरे ।

दुवै आयोग विघटन गरि नयाँ गठन गर्नुपर्ने वा पदाधिकारीलाई राजीनामा गराउनुपर्ने भन्ने चर्चा चलिरहेका बेला उनले भएको संरचना विघटन गर्दैमा न्याय निरुपण नहुने तर्फ सचेत बन्न आग्रह गरे ।

कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले संक्रमणकाल लम्बिदै जाँदा पीडितले न्याय नपाउने संभावना हावी हुने भएकाले छिटो न्याय निरुपण गरि पीडीतलाई न्याय दिनुपर्ने बताए ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सिमित स्रोत र साधन र ऐन अभावका कारण काम गर्न नसकेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij