खरिढुंगा कसरी तयार गरिन्छ ?
खरिढुंगालाई खानीबाट उत्खनन गरिसके पश्चात् त्यसलाई सरसफाई गरेर सुकाउने र सुकिसके पश्चात् पल्भलाइजर मेसिनको माध्यमबाट धुलो बनाउने काम गरिन्छ । यसरी उत्पादन भएको धुलोमा आवश्यक पर्ने रसायनहरु आवश्यक मात्रामा छन् कि छैनन् भन्ने बारे हेरिन्छ । यी रसायनहरुको गुणस्तर निर्धारणमा विशेष भूमीका रहन्छ । उक्त धुलोमा हुनुपर्ने सबै गुणहरु भएको पाइए उक्त धूलो साबुन उद्योग तथा कागज मीलहरुको निम्ति विक्री गरिन्छ । 
कहाँबाट आयात हुन्छ चुनढुंगा ?
अहिले नेपालमा चुनढुंगा उत्पादन कार्य बन्द छ । यसैकारण उद्योग बन्द भएको कारण नेपाली उद्योगको निम्ति आवश्यक पाउडर भारत, भुटान लगायतका देशहरुबाट भित्र्याउने काम गरिन्छ ।
समस्या :
खानी विगतमा पोखरा नजिकैकाे खानीबाट खरिढुंगा निकालिँदै आइएकोमा अहिले उक्त क्षेत्रलाई खानेपानीको स्रोतको रुपमा प्रयोग गरिएको छ । वृहद खानेपानी योजना शुरु गरेसँगै त्यस क्षेत्रलाई अहिले खानीको रुपमा प्रयोग गर्न पाईंदैन । यस सँगै खानी उद्योग सञ्चालन गर्दै आएका गोकर्ण कार्कीले अर्को खानी तनहुँको ढोरफेंदी (हाल शुक्लागण्डकी नगरपालिका)मा पहिचान गरेका छन् । यो खानी ढोर लामागाउँको १ नम्बर वडामा यो खानी प्रयोगमा आएको छ । कार्कीसँगकाे कुराकानीकाे क्रममा उनले बताएका छन् ।
मुलुकको समृद्धिको निम्ति खानी उद्योगको विशेष योगदान रहन्छ । यसैकारण खानी उद्योगको संरक्षण र परिचालनमा लाग्नु जरुरी रहन्छ । समग्र देशको हितलाई हेर्ने हो भने खानी भएको ठाउँबाट राम्रो आर्थिक लाभ लिन सकिने भएको हुनाले राज्यले सकभर खानीको प्रयोगलाई नै विशेष जोड दिनुपर्ने हुन्छ । यद्यपि यसले पार्न सक्ने अल्पकालिन र दीर्घकालिन असरलाई पनि हामीले हेर्नुपर्ने नै हुन्छ ।
विगतमा प्रयोगवीहीन रहेका जग्गाहरु पनि खानीको पहिचान हुँदै गएसँगै दर्ता गर्ने प्रचलन नेपालमा छ । यसको अलावा खानेपानीलाई पनि प्राथमिकताको साथ स्थान दिनुपर्ने हुन्छ ।
खानी उद्योग सञ्चालनको निम्ति थुप्रै कठिनाइहरुको सामना गर्नुपर्ने अवस्था छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij