२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

कांग्रेस बैठक पश्चात् पौडेल समूह असन्तुष्ट

कांग्रेस बैठक पश्चात् पौडेल समूह असन्तुष्ट

काठमाडौं–नेपाली कांग्रेसको बैठकको निर्णयका सन्दर्भमा नेता रामचन्द्र पौडेल पक्षधरले असन्तुष्टि जनाएको छ । बैठक सकिएलगत्तै पार्टी कार्यालय सानेपामा आइतबार साँझ पत्रकार सम्मेलन गरी नेता पौडेलले बहुमतको बलमा विधान विपरित बैठकबाट निर्णय गरिएको दाबी गरे ।

पौडेलले यस्तो दाबी गर्नुअघि प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारहरुसँग कुराकानी गर्दै आगामी भदौमा महासमिति बैठक बालाउने लगायतका सबै निर्णयहरु सर्वसम्मत   भएको बताएका थिए ।   बैठकले अघिल्लो निर्वाचनमा हार बेहोर्नुको प्रमुख कारण बाम गठबन्धननै भएको निश्कर्ष निकाल्दै हारको जिम्मेवारी आ–आफ्नै हिस्सेदार अनुसार लिनुपर्नेमा जोड दिइएको पनि उनले बताएका थिए ।  बैठकले भोलिनै निर्वाचित केन्द्रीय समिति बैठक बोलाएर  पदाधिकारी मनोनयन गर्ने तय पनि गरेको बताइएको छ । सो निर्णयमा पौडेल समूहको असन्तुष्टि रहेको बताइएको छ । देउवाले पदाधिकारीमा सबै आफू निकटकालाई मनोनयन गर्ने तयारी गरेसँगै त्यो बुझेर पौडेल समूह रुष्ट बनेको बताइएको छ ।

बैठक सकिएसँगै महामन्त्री शशांक कोइरालासँगै प्रवक्ता शर्मा पत्रकार माझ उपस्थित भएका थिए भने सोलगत्तै पौडेलले पनि छुट्टै पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij