दिपक घिमिरे । धरान । पोखरा गलेश्वोर्र स्तिथ एक महिला करिब चार दिन देखी बेपत्ता भएका छिन । बेपत्ता हुनेमा लेखनाथ महानगर पालिका वार्ड न १५ घर भई बस्ने ५० वर्षीय सिता गिरी रहेकि छिन ।

यही बैशाख ६ गते गलेश्वोर्र बाट नगर बस चढि हिंडेको सिता गिरी आज सम्म सम्पर्कमा नआएको उनका परिवारका एक सदस्यले जानकारी गराएका छन् ।
हराएका गिरीको खोजी सहजीकरण गरिदिन आमसञ्चार माध्यम, मानवाधिकारवादी संघसंस्था र सम्पूर्ण दाजुभाइ दिदीबहिनीसमक्ष आग्रह गरिएको उनका परिवारजनले बताएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij