२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

सिन्डिकेट माग्दै अनिश्चितकालीन यातायात बन्द घोषणा

सिन्डिकेट माग्दै अनिश्चितकालीन यातायात बन्द घोषणा

दिपक घिमिरे धरान  । सरकारले देशव्यापी रुपमा सार्वजनिक सवारीसाधनलाई रुट परमिट खुला गरेपछि आक्रोशित यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम   तयारी  गरेका छन् ।  नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको संयोजकत्वमा हुने ऊक्त अन्दोलनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ ढुवानी  व्यवसायी महासंघले समेत  संलग्न रहनेछ  ।

वैशाख २१ गते घर तथा ग्यारेजमा गाडी थन्काउने र २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने पहिलो चरणको आन्दोलनको कार्यक्रममा उल्लेख छ ।

सरकारले मंगलबार बसेको मन्त्रिपरिषद बैठकबाट यातायात व्यवसायीहरुको जिल्ला प्रशासन कार्यालयबाट दर्ता र नवीकरण नगर्ने निर्णय गरेको थियो । सरकारले केही जिल्लाका रुटमा रुट परमिट दिएदेखि नै यातायात व्यवसायीहरु रुस्ट थिए ।

यस्ता छन् आन्दोलनका कार्यक्रम

त्यसविरुद्ध आन्दोलित उनीहरुले बुधबार (वैशाख ५ गते)देखि नै प्रचारात्मक कार्यक्रम सुरु गरेका छन् । पहिलो दिन सातै प्रदेशमा पत्रकार सम्मेलन गरी आन्दोलनबारे जानकारी दिएका उनीहरुले ६ गते संयुक्त आन्दोलनको तयारी गर्ने र ७ गते प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij