२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

 ग्लोबल आइएमई दाेस्रो राष्ट्रिय फोटो पत्रकारीता अवार्ड २०७४ अायाेजना हुने

 ग्लोबल आइएमई दाेस्रो राष्ट्रिय फोटो पत्रकारीता अवार्ड २०७४ अायाेजना हुने

ग्लोबल आइएमई द्रोस्रो राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४को लागि मुख्य प्रायोजन गर्ने संस्था ग्लोबल आइएमई बैंकका प्रमुख वजार व्ययस्थापक गणेश अवस्थी र आयोजक संस्थाका संयोजक प्रदीपराज वन्त विच सम्झौतापत्रमा हस्ताक्षर पछि फाइल आदन प्रदान गर्दै । साथमा आयोजक कमिटका सदस्य दिपक केसी र बैंकको तर्फवाट  रेमीट्यान्स प्रमुख रविन्द्र ढकाल । 

राष्ट्रिय फोटो पत्रकार समुहद्धारा आयोजना गरीएको राष्ट्रिय फोटोप त्रकारीता अवार्ड २०७४ को लागि मुख्य प्रायोजन ग्लोबल आइएमई बैंकले गर्ने भएको छ ।

उक्त कार्यक्रमको नाम “ग्लोबल आइएमई राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४” हुनेछ । साथै लाइफटाइम अचिभमेन्ट फोटोपत्रकारिता अवार्ड विधा पनि ग्लोबल आइएमई वैकको नामवाट वितरण गरिने भएको छ ।  औपचारिक रुपमा आयोजक संस्थाका संयोजक प्रदिपराज वन्त र प्रायोजक संस्थाको तर्फवाट प्रमुख वजार व्ययस्थापक गणेश अवस्थी विच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

लाइफ टाइम अचिभमेन्ट अवार्डवाट एक जना वरिष्ठ फोटोपत्रकारलाई नगद पुरस्कारको राशी ५० हजार सहित ट्रफी र सम्मानपत्रले सम्मानीत गरिनेछ । उक्त अवार्ड लगायत अन्य १२ विधाका अवार्ड पुरस्कार नेपाल आर्मी क्लवको हलमा यहि बैशाख १३ गते  विषेश कार्यक्रम गरि वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij