२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

नेपालमा कहिले आउँछ पाइपबाट तेल ?

नेपालमा कहिले आउँछ पाइपबाट तेल ?

काठमाडौं – बहुप्रतिक्षित मोतिहारी–रक्सौल-अमलेखगंज पेट्रोलियम पाइपलाइन निर्माण आयोजनामा पाइप गाड्ने कार्य सुरु भएको छ । मंगलबार सिमरामा बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले पाइप गाड्ने कार्यको शिलन्यास गरे । गत फागुन २३ देखि आयोजनाले पाईपको वेल्डिङ कार्य सुरु गरेको थियो । आजको नयाँ पत्रिकामा समाचार छ ।

जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित तराई यातायात व्यवसायी संघको धर्मकाँटा नजिकबाट सोमवार खाडल खन्ने कार्य सुरु गरिएको थियो । आयोजना सम्पन्न गर्न छाेटो समयमा भारतीय पक्षले गरेको कामको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले प्रशंसा गरे ।

नेपाल अायल निगमकाे सिमारास्थित पेट्राेलियम पाइपलाइन अायाेजना कार्यालयका अायाेजनाविज्ञ शरदकुमार पाैडेलले पाइपलाइन  विस्तार कार्य अागामी १५ महिनाभित्र सक्ने लक्ष्य रहेकाे जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij