चावहिल स्थित सञ्चालनमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडेमीले शुक्रवार पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम निकै भव्य रुपमा सम्पन्न गरेको छ।
प्रमुख अतिथिको रुपमा नेशनल प्याब्सनका राष्ट्रिय अध्यक्ष रितुराज सापकोटा उपस्थित हुनुहुन्थ्यो, साथै विशष्ट अतिथिहरुको रुपमा नेशनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष बिष्णु पराजुली र काठमाण्डौ महानगरपालिका वडा न। ७ का वडा अध्यक्ष शुद्द कुमार डङगोलको उपस्थिति थियो
बिभिन्न बिद्यालयका प्रिन्सिपलहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको अलावा विद्यार्थी र अभिभावकहरुको भव्य उपस्थिति उक्त कार्यक्रममा रहेको थियो । चावहिलको ए वान पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रमबाट विद्यार्थीहरुलाई अघी बढ्नको निम्ति थप हौसला प्राप्त भएको छ ।
नियमित पठनपाठनको अलावा अतिरिक्त शैक्षिक कार्यक्रममा समेत आफूलाई अब्बल शैक्षिक संस्थाको रुपमा लामो समय देखि अघी बढाउँदै आएको छ । आगामी दिनमा समेत विद्यार्थीको क्षमता प्रष्फुटनको लागि आफूहरुको टिम निरन्तर रुपमा लागिरहने विद्यालयका प्रिन्सिपल गेन्द्र लामाले बताउनुभएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij