२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

सरकारकै संरक्षणमा ट्याक्सीमा सिन्डिकेट मौलाउँदै

सरकारकै संरक्षणमा ट्याक्सीमा सिन्डिकेट मौलाउँदै

काठमाडौं – सार्वजनिक यातायातको सिन्डिकेटविरुद्ध आक्रामक  देखिएको सरकारले ट्याक्सीमा सिमित व्यवसायीको एकाधिकारलाई संरक्षण गरिरहेको पाइएको छ । पुराना ट्याक्सी विस्थापित गरी खुला रुपमा नयाँ ट्याक्सी दर्ता गर्ने गर्ने वातावरण नबनाई सरकारले एकाधिकारको संरक्षण गरेको पाइएको हो ।

२० बर्ष पुराना ट्याक्सी दर्ता खारेज गरी नयाँ भित्र्याउन सरकार नै बाधक देखिएको छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । यातायात अधिकारकर्मी रामबहादुर थापा व्यवसायीको दबाबमा सरकारले ट्याक्सीमा अघोषित एकाधिकार लाद्दै आएको बताउँछन् ।

उनले भने, -सरकारले ट्याक्सी दर्ता प्रक्रिया रोकेको मात्रै छैन । २० बर्ष पुराना ट्याक्सीलाई फेरि सट्टा दर्ता गर्न दिएर एकाधिकारमा मलजल गरिरहेको छ । त्यसो गर्दा ट्याक्सीमा पनि सिन्डिकेट मौलाउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij