We are at your service भन्ने नारा सहित तारकेश्वरको मनमैजुमा एन्जल्स मार्ट तथा एन्जल्स इन्टरनेशनल सेक्युरिटी सर्भिस सञ्चालनमा आएको छ । शनिवार एक विशेष कार्यक्रम बीच

तारकेश्वर नगरपालिकाका नगरप्रमुख रामेश्वर वोहोराको प्रमुख आतिथ्यतामा उक्त मार्ट उद्घाटन गरिएको हो ।
यस मार्टले सञ्चालनको समयमा शुरुवातका दिनलाई लक्षित गर्दै विशेष छुट तथा बिमा योजना समेत सार्वजनिक गरेको छ । होम डेलिभरी सेवा समेत उपलब्ध गराउने यस मार्टले हाल २ हजार भन्दा माथिको सामान खरिद गर्ने व्यक्तिलाई १ लाख रकम बराबरको दुर्घटना बिमा योजना सञ्चालन गरेको छ । स्थानीय उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर आफूहरुले यो योजना ल्याएको मार्टका अध्यक्ष पवित्र बज्राचार्यले बताएका छन् । आगामी दिनमा पनि विभिन्न उपहार योजनाहरु आफूहरुले ल्याउन लागेको बज्राचार्यले बताएका छन् ।

नेपालमा मार्ट व्यवसाय निकै राम्रो किसिमले अघी बढिरहेको अवस्थामा यो मार्ट सञ्चालन गरिएको हो । पछिल्लो समय नेपालमा नयाँ क्षेत्रको रुपमा मार्ट व्यवसाय सामुहिक लगानीमा फस्टाउँदै गएको छ ।
मार्टमा सबै सामानहरु एकै ठाउँमा प्राप्त गर्न सकिने भएको र उपभोक्ताले स्तरीय सामान आफ्नो चाहना बमोजिम किन्न सकिने भएको कारण यस व्यवसाय तर्फ मानिसहरु आकर्षित भइरहेका छन् । 
हाल सञ्चालनमा आएको एन्जल मार्ट यसै मनमैजु क्षेत्रका उपभोक्ताको आवश्यकता महसुस गरेर सञ्चालनमा ल्याइएको बताइएको छ । आफूहरु नाफामुखी भन्दा पनि सामाजिक आवश्यकता र गुणस्तरीयतालाई मुख्य सर्त बनाएर अघी बढ्ने योजनामा रहेको बज्राचार्यले बताएका छन् । यस मार्टमा ग्रोसरी आइटम लगायतका सामानहरु उपलब्ध हुनेछन् ।
तारकेश्वर नगरपालिकामा ठूला व्यापारिक गतिविधिहरु अहिले सम्म अघी बढ्न नसकेको अवस्थामा आगामी दिनमा यस क्षेत्रमा निकै राम्रो सम्भावना हुन सक्ने देखेको कारण आफूहरुले यो मार्ट सञ्चालन गरेको बज्राचार्यले बताए ।
पछिल्लो समय यो व्यवसाय प्रतिष्पर्धात्मक समेत बन्दै गएको र हाल काठमाडौं उपत्यकामा १ हजारको हाराहारीमा मार्ट व्यवसायहरु विस्तार भइसकेको हुन सक्ने एन्जल मार्टसका अध्यक्ष तथा खुद्रा व्यापार संघका समेत अध्यक्ष रहेका पवित्र बज्राचार्यले बताएका छन् ।

पूर्वाधार र प्रविधियुक्त मार्ट व्यवसायमा अहिले उपभोक्ताहरुको आकर्षण बढ्दै गएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij