यससँगै भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण तत्काल नहुने संकेत देखिएको छ । ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलद्यिुत् आयोजना उद्घाटनका लागि मोदीले नेपाल भ्रमण गर्ने तयारी थियो । दिल्लीस्थित कूटनीतिक स्रोतका अनुसार गत असोजमा मोदी यी प्रयोजनका लागि नेपाल भ्रमण गर्ने तयारी थियो । तर, १८ असोजमा एमाले र माओवादीबीच वाम गठबन्धन घोषणापछि नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण भ्रमणको तयारी नै रोकिएको थियो । मोदीले त्यही प्रयोजनसहित जनकपुर, मुक्तिनाथ र लुम्बिनीसमेत जाने गरी चैत अन्तिम साता नेपाल भ्रमण गर्ने तयारी थियो ।तर, ओलीको राजकीय भ्रमणकै वेला अरुण तेस्रोको उद्घाटन गर्ने तय भएसँगै मोदीको भ्रमण तत्काल नहुने कूटनीतिक स्रोतले बतायो । आगामी मंसिरभित्र नेपालमै आयोजना हुने बिमस्टेकको सम्मेलनमा भने मोदी सहभागी हुनेछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
