लायन्स क्लब अन्तरराष्ट्रिय, लायन्स जिल्ला ३२५ बि१, नेपाल अन्र्तगतको लियो परिषद ३२५ बि१ को वर्ष २०१८/२०१९ का लागि राष्ट्रिय अध्यक्षमा नुवाकोट जिल्ला, विदुर नगरपालिका वडा नं. ८, भैरमकोटमा जन्मनु भई हाल काठमाडौं बस्दै आउनु भएका लियो विशाल रिजालले उमेदवारी दिनु भएको छ । अन्तरराष्ट्रिय संस्थाको उक्त पदका लागी उमेदवारी दिनेमा नुवाकोट जिल्लाबाट उहाँ पहिलो व्यक्ति हुनु हुन्छ ।
लियो क्लब अफ काठमाडौ वालाजू हाईटको प्रस्ताव र काठमाडौं, नुवाकोट, धादिङ्ग, मकवानपुर लगायतका जिल्लाहरुको २० भन्दा बढि लियो क्लबहरुको समर्थनमा रिजालले उमेदवारी दर्ता गराउनुभएको हो । एक्लो उमेदवार भएपनी अध्यक्ष पदका लागी रिजालले आगामि वैशाख ८ गते पोखरामा सम्पन्न हुने लायन्स÷लियो परिषदको छैठौं महाधिवेशनमा विश्वासको मत हासिल गर्नुपर्ने छ ।