नेपाली र जापानी परम्परागत थाङ्का कलाको प्रचार प्रसार गर्ने उद्देश्यले बुधबारबाट ठमेलस्थित मिथिला ऐं आर्ट ग्यालरीमा नेपाल जापान कला प्रदर्शनी २०१८ को सुरु भएको छ । सो थाङ्का कला प्रदर्शनीको समुद्घाटन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपमुलपति शारदा चित्रकारले गर्नुभयो ।
प्रदर्शनीको समुद्घाटन गर्दै उपकुलपति शारदा चित्रकारले नेपाली परम्परागत शैलीको जापानका कलाकारले सृजना गरेको थाङ्का कला हेर्दा ज्यादै खुसी लागेको बताउँदै यस प्रदर्शनीबाट एक अर्को देशको कलाको प्रवद्र्धन हुने बताउनुभयो । कार्यक्रमा प्रतिष्ठानका सदस्य सचिव नवराज भट्ट, प्राज्ञ सभा सदस्य निमा घ्याम्छो लामा, कला समिक्षक मुकेश मल्ल, जापानमा रहेर नेपाली मण्डला कला सिकाउँदै अउनुभएका कलाकार धर्म लामाले बोल्नुभएको थियो ।
सो प्रदर्शनीमा आठजना जापानीज कलाकारका २५ कलाकृति रहेका छन् । प्रदर्शनीमा परम्परागत र आधुनिक मण्डलाकला र अन्य थाङ्का कलाहरु रहेका छन् । आठजना जापानमै प्रशिक्षण लिएका कलाकारहरु रहेका छन् । प्रशिक्षक धर्म लामाले बुद्ध जन्मेको देशमा वुद्ध सम्बन्धी कला प्रदर्शन ीगर्न लागिएको बताउँदै दोस्रो पटक यस्तो प्रदर्शनी गर्न पाउँदा ज्यादै खुसी लागेको बताउनुभयो । नेपाली र जापानीज कलामा केही भिन्नता रहेकोले जापानीज प्रशिक्षकहरुले समेत सिर्जना गरेका नेपाली मण्डला यस प्रदर्शनीमा हेर्न पाइन्छ । कलाकाल धर्म लामा तोयमा नेपाल कल्चर एक्सचेन्ज एशोशियसनका अध्यक्ष समेत हुनुहुन्छ ।
सो प्रदर्शनीको आयोजना नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, तोयमा नेपाल कल्चर एक्सचेन्ज यशोशियसन र नेपाल जापान कल्चर एक्सचेन्ज एशोशियसनले संयुक्त रुपमा गरेका थिए । सो प्रदर्शनीमा सहभागी जापानी कलाकारहरुमा रित्सु मिजुनो, मिकियो किटाडा, युकिको लिनामी, हारुको टकेमोरी, इसिमोतो आक्को हुनुहुन्छ । त्यस्तै नेपाली कलाकारहरुमा धर्म लामा, शर्मा लामा हुनुहुन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij