२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

नुवाकोटमा सिन्दुरेजात्रा सुरू – लच्याङ वासीको बहिष्कार पश्चात नेपाली सेनाले रथ बोक्ने

नुवाकोटमा सिन्दुरेजात्रा सुरू – लच्याङ वासीको बहिष्कार पश्चात नेपाली सेनाले रथ बोक्ने

सनातन देखि रथ बोक्ने जिम्मा पाएको लच्याङ वासीले बहिष्कार गरे पश्चात नेपाली सेनाले रथ बोक्ने

दिपक घिमिरे बिदुर । नुवाकोट जिल्लाको नामाकरण नौं कोटबाट भएको भएतापनि सल्यानकोट र धुवाँकोट पश्चिम. १ नं. बाट २०१९ सालमा जिल्ला विभाजन हुदाँ धादिङ जिल्लामा र कालिकोट रसुवा जिल्लामा परेका बाँकी नुवाकोट, बेलकोट, मालाकोट, प्यासकोट, सिमलकोट, भैरमकोट नुवाकोट जिल्लामा रहेको छ ।   राजधानी काठमाडौंको उत्तर-पश्चिम दिशामा अवस्थित एक ऐतिहासिक यो जिल्ला हालको संघिय पुनसंरचना अन्तर्गत प्रदेस न ३ मा पर्दछ  र ८५०’ देखि ८५४५’ पर्ूर्वी देशान्तरसम्मको फैलावटमा रहेको छ । समुद्रसतहबाट न्युनतम ४५७’ मिटरदेखि अधिकतम ५१४४’ मिटर उचाईसम्म भू-धरातल रहेको यस जिल्लाको क्षेत्रफल ११२१ वर्ग किलोमिटर छ ।    जिल्लाको नामाकरण गोपालवंशिय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गउको ऐतिहासिक अनुश्रुति रहेको छ ।

यो जिल्ला झण्डै अर्ध चन्द्राकार रुपमा पर्ूव-पश्चिम फैलिएर रहेको छ । यस जिल्लामा उच्च पहाडी क्षेत्रको यठार, हिमालको दक्षिणी ढाल, पहाडी क्षेत्रको बिचमा यत्रतत्र छरिएर रहेका समथर बेंसी र टारहरु लगाएतका विविध भौगोलिक विशेषताहरु पाउन सकिन्छ । भौगालिक बनावट पहाडी भू-भागको अंश ७१ प्रतिशत, लेकाली भू-भागको अंश १८ प्रतिशत तथा टार, बेंसी र समथर भू-भागको अंश ११ प्रतिशत रहेको छ । मल्लकालिन धार्मिक तथा सांस्कृतिक सम्पदाका रुपमा प्रसिद्घ भैरवी मन्दिर र सिन्दुर जात्रा लगायत तलेजु मन्दिर, नारायण तथा विष्णुको मन्दिर, नारायण जात्रा, सिपाहि जात्रा, रोपार्ँइ जात्रा, टाकटुके जात्रा र लाखे जात्रा आदि प्रमुख मानिन्छ । जिल्लाको नामाकरण गोपालवंशिय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गउको ऐतिहासिक अनुश्रुति रहेको छ ।

 

जत्राहरुको पर्वमा सिन्दुरेजात्राको छुट्टै  महत्व

 

तीन सय बर्ष भन्दा पुरानो मानिएको यो जात्रा  वैशाखपूणिर्माको आसपासमा धामी-धमिनीलाई सिन्दुर हालेर यो जात्रा मनाइन्छ। पूणिर्माको दिन नुवाकोट भैरवीमन्दिरको रथ देविघाटको जालपा देविको मन्दिरमा पुर्‍याएपछि भव्यतासाथ प्रारम्भ हुने यो मेलामा द्वितीयाको दिन भैरवी मन्दिरमा सिन्दुर खेलिन्छ। चैत शुक्ल चतुर्दशीको दिन साततले दरबार सँगै रहेको भैरवी मन्दिरमा हुने सिन्दुरे जात्राको निम्ता स्वरूप बहिनी भैरवीले दिदी जालापादेवीलाई बोलाउन गएको भन्ने किंवदन्ती छ। किंवदन्तीअनुसार जालपादेवी भैरवी मन्दिरमा आएपछि दिदी आएको अवसरमा सिन्दुर जात्रा गरी हर्ष बढाइँ गरिएको हो। जालपादेवीबाट फर्किएका धामी स्थानीय धरमपानीको पाटीबाट बाजागाजासहित भैरवी मन्दिर प्राङ्गणमा पुगेपछि सिन्दूर जात्रा गरिन्छ। सिन्दूर जात्रासहित तलेजु भवानीको मन्दिरमा रथ भित्र्याइन्छ। द्वितीयाको राति धामीले भैरवी परिसरमा रागा र बोकाको बली लिने चलन छ। यस्तै देवीघाटमा पनि भैरवीका पुजारी धामीले जालपादेवीको मन्दिरमा जिउँदो राँगो, बोका र माछाको भोग दिन्छन्।

यो वर्षको नुवाकोटको सिन्दुरेजात्रा प्रारम्भ भइसकेको छ । यो वर्षको सिन्दुरेजात्राको मूख्य जात्राहरू निम्नअनुसार सम्पन्न हुदैछ।चैत्र १६ गते अपरान्ह – भैरवीमाईको पुजारीलाई कुमारीको हातवाट प्राप्त शुध्दजलवाट स्नान र दोस्रो दिन अर्थात्  चैत्र १६ गते राती – बुढी भैरवीमाईको प्राङ्ग्रणमा लिङ्गो उभ्याउने – भैरवीमाईको प्राङ्गणमा लिङ्गो उभ्याउने ( नेपाली सेनाको मध्दतवाट) चैत्र १७ गते मध्यान्ह- भैरवीमाईको रथयात्रा प्रारम्भ ( नुवाकोट- देविधाट) नेपालकै लामो रथयात्रा ( नेपाली सेनाको मध्दतवाट ), भैरवीमाई र जलपादेवीमाईको वार्षिक पुनर्मिलन, राति देवीधाट जात्रा , भैरवीमाईको पुजारीलाई दैवी शक्ति प्राप्त भई राष्ट्रको भविस्यवाणी हुने । चैत्र १८ गते राती – भैरवीमाईको पुजारी र रथयात्रा मध्यरातमा फिर्ती ( नेपाली सेनाको मध्दतवाट ) धरमपानीमा विश्राम र चैत्र १९ गते – नुवाकोटमा विहानै देखी धरमपानीमा राखिएको रथमै भैरवीमाईको पुजाअर्चना सुरू  अपरान्ह धरमपानी वाट रथयात्रा पुन: सुरू, भैरवीमाईको प्राङ्गणमा रथयात्रा विश्राम पस्चात राजकिय सम्मानका साथ राजप्रतिनिधी वा राज्यप्रमूख वा राष्ट्रप्रमुखकवाट भैरवीमाईको पुजारीलाई सिन्दुर हाली हर्ष उल्लाषपुर्णरूपमा एक आपसमा सिन्दुर हाली सिन्दुरेजात्रा मनाइने छ ।

नुवाकोट- देवीघाट जात्राको रथ यात्रा नेपाल कै मौलिक र लामो दुरीको रथ यात्रा हो। करिव १० कि.मी. दुरी भएकोले यस्को जति महत्त्व छ त्यति नै जटिल पनि छ। सनातन देखि रथ बोक्ने जिम्मा पाएको लच्याङ वासीले बहिष्कार गरेको कारण तत्कालको लागि वैकल्पिक व्यवस्था स्वरुप सेनाले भैरवीको रथ बोक्ने भएको छ। एस्थानिया समाजसेबी  रामलाल श्रेष्ठ जानकारीदिनु भयो

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij