२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

रुसको शपिङ सेन्टरमा आगलागी हुँदा ३७ को मृत्यु

रुसको शपिङ सेन्टरमा आगलागी हुँदा ३७ को मृत्यु

रुसको साइबेरियास्थित एक शपिङ सेन्टरमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । केही व्यक्ति वेपत्ता छन् । एक सय जनाभन्दा बढीलार्इ उद्धार गरिएको छ ।

स्थानीय मिडियाका अनुसार केमेरोफोको विन्टर चेली मलको चौथो तलबाट आगलागी शुरु भएको थियो जहाँ सिनेमा घर छ । मृत्यु हुनेहरु धेरैजसो सिनेमा घरमा रहेकाहरु छन् । सिनेमाघरका दुई हलका छत आगलागीबाट खसेका छन् । टेलिभिजनमा देखाइएको तस्विरहरुमा शपिङ सेन्टरबाट बाक्लो धुँवा निस्किरहेको र मानिसहरु झ्यालबाट बाहिर हामफालेको देखिन्छ ।

अग्निनियन्त्रक र उद्धार टोली घटनास्थलमा परिचालित छन् । केमेरोफो शहर रुसको राजधानी मस्कोबाट २ हजार २ सय मील टाढा पर्दछ । यो शहर कोइला उत्पादनमा प्रसिद्ध छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij