खाद्य स्वच्छता सम्बन्धमा नागरिक सरोकार समाज तारकेश्वर र उपभोक्ता अधिकार अनुसन्धान मञ्चको आयोजना तथा तारकेश्वर नगरपालिकाको सहयाेगमा तारकेश्वरकाे मनमैजु स्थित मानसिंङ कलेजमा एकदिवसीय सचेतनामूलक विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रशिक्षककाे रूपमा खाद्य विज्ञ मदन कुमार चापागार्इ ग्यास व्यवसायी महासंघका महासचिव चन्द्र थापा उपस्थित हुनुहुन्थ्याे भने प्रमु अतिथिकाे रूपमा तारकेश्वर नगरपालिकाकी कार्यकारी अधिकृत जानकी सुवेदी वाग्लेकाे उपस्थिति रहेकाे थियाे । 
खाद्य पदार्थलाई कसरी स्वस्थकर राख्ने र उपभोक्ताले बजारबाट सामान किन्ने क्रममा के–कस्ता विषयहरुमा सतर्क रहनुपर्छ भन्ने सम्बन्धमा उक्त कार्यक्रममा विशेष छलफल भएको छ ।
कार्यक्रम खाद्य स्वच्छता, सुरक्षा, आधारभूत उपभोक्ता अधिकार तथा खाना पकाउने एलपी ग्यासको प्रयोगको क्रममा अपनाउनुपर्ने सचेतना लगायतको विषयमा केन्द्रित थियो ।
कार्यक्रमकाे सभापतित्व नागरिक सरोकार समाज तारकेश्वरका अध्यक्ष चन्द्रमणि अधिकारीले गर्नुभएकाे थियाे । साथै संस्थाका महासचिव दिवाकर पौडेल, उपभोक्ता अधिकार अनुसन्धान मन्चका अध्यक्ष माधव तिमिल्सिना लगायत निकै ठूलो सङ्ख्यामा उपस्थित रहेका स्थानीय महिला तथा उपभोक्ताहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भयाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij