एनएलपी अर्थात न्युरो लिङ्ग्वेस्टिक प्रोग्रामिङको नयाँ सेसनको लागि रजिष्ट्रेसन खुल्ला भएको छ । नेपालमा २ सेसन सम्पन्न गरिसकेको र यही चैत्र ९ बाट तेस्रो सेसनको कार्यक्रम मिड भ्याली कलेज, ज्ञानेश्वरमा सञ्चालन भइरहेकोमा आगामी सेसनको लागि समेत रजिष्टे«सन शुरु भएको हो ।
व्यक्तित्व तथा नेतृत्व विकासको अलावा अन्तरनिहीत क्षमताको पहिचानमा सहयोग पुर्याई जीवनलाई नयाँ गतिमा डोहोर्याउन सहयोग पुर्याउने यो कार्यक्रम नेपालको लागि नयाँ कार्यक्रम हो । विश्वभर लोकप्रिय बन्दै गइरहेको यस कार्यक्रमले नेपालमा पनि लोकप्रिय बन्ने अपेक्षा गरिएको छ ।
हाल नेपालमा विभिन्न व्यवसायमा सफल भइसकेका सामाजिक, राजनीतिक, व्यावसायिक लगायतका व्यक्तिहरु यस कार्यक्रममा सहभागी हुनुहुन्छ । साथै कार्यक्रमले प्रयाप्त लाभ मिलेको ऊहाँहरुको अनुभव छ ।
नेपालमा हाल साइकोसोसियल हिलिङ एण्ड मेडिटेसन सेन्टरले यो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रमबारे थप जानकारीको लागि नेपालमा यस कार्यक्रमका संस्थापक केशव थापालाई ९८५१००८५१७ मा सम्पर्क गर्न सकिनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij