द वरिस्ता कफी स्कुलको शाखा बुद्धनगरमा सञ्चालनमा आएको छ । नेपालमा वरिस्ता प्रतिको बढ्दो चासो र रुचिको कारण आफूहरुले शाखा कार्यालय सञ्चालनमा ल्याएको द वरिस्ता कफी स्कुलका सञ्चालक विनोद श्रेष्ठले सेतोघर डट कमलाई बताउनुभएको छ ।
यस शाखामा वरिस्ता प्रशिक्षकको रुपमा धिरज सिंह रहनुहुनेछ । सिंह वरिस्ता तथा कफीको क्षेत्रमा लामो अनुभव समेट्नुभएका व्यक्ति हुनुहुन्छ ।

नयाँ सञ्चालनमा आएको यस कफी स्कुलमा शुरुवाती अवस्थामा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
१५ बजार शुल्क तोकिएको यस तालिममा छुट सहित हाललाई १२ हजार शुल्क निर्धारण गरिएको छ ।
पछिल्लो समय नेपालमा सबैजसो क्याफेहरुमा कफी मेसिन राख्ने प्रचलन बढ्दै गएको अवस्थामा यस क्षेत्रमा निकै राम्रो सम्भावना रहेको र सीप भएका व्यक्तिहरु खालि हात बस्नु नपर्ने अर्थात नेपालमा यो क्षेत्र निकै तीव्र रुपमा विकास हुँदै गएको तर प्रयाप्त जनशक्ति उपलब्ध हुन नसकेको अवस्थामा आगामी दिनमा समेत यस क्षेत्रको राम्रो भविष्य रहेको विनोद श्रेष्ठ बताउनुहुन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij