२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

नेपाल राष्ट्रिय व्यवसायी महासंघमा ६५ सदस्यीय नयाँ कार्यसमिति

नेपाल राष्ट्रिय व्यवसायी महासंघमा ६५ सदस्यीय नयाँ कार्यसमिति

नेपाल राष्ट्रिय व्यवसायी महासंघको प्रथम महाधिवेसन सम्पन्न भएको छ । अधिवेसनसँगै ६५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन भएको छ । नरेश कटुवालको अध्यक्षतामा स्थापना भएको यस महासंघले साना तथा मझौला व्यवसायीहरुमा कर, राजस्व, घरवहाल, न्यून विजकीकरण लगायतका समस्याहरुलाई उठान गर्ने लक्ष्य लिएको छ ।

नवगठित महासंघको वरिष्ठ उपाध्यक्षमा कुमार कार्की रहनुभएको छ भने प्रथम उपाध्यक्ष नरेन्द्र वहादुर पण्डित क्षेत्री हुनुहुन्छ । उपाध्यक्षहरुमा माधव प्रसाद खरेल, युवराज न्यौपाने, नरेन्द्र शाक्य, भीमभक्त श्रेष्ठ, नरेन्द्र गुप्ता लगायत हुनुहुन्छ ।
महासंघको मुख्य प्रशासकिय जिम्मेवारीको रुपमा चिनिने महासचिव पदमा अन्जन शाक्य निर्वाचित हुनुभएको छ ।

नरेश कटुवाल, अध्यक्ष, नेपाल राष्ट्रिय व्यवसायी महासंघ

यसैगरी उपमहासचिवको जिम्मेवारीमा दीपक चन्द्र प्रधान, सीता पुरी, हरि वहादुर गौतम, विजय कुमार महर्जन लगायत हुनुहुन्छ । सचिवमा रामकुमार तिमिल्सिना, भोलानाथ पौडेल, रत्न बहादुर घिमिरे, अम्बिका थापा, युवराज चापागाईं, राजेन्द्र बाबु श्रेष्ठ, कमल अग्रवाल, रामचन्द्र गौतम, चन्द्र वहादुर लामिछाने लगायत हुनुहुन्छ ।
कोषाध्यक्षको जिम्मेवारीमा महेन्द्र रायमाझी निर्वाचित हुनुभएको छ भने सहकोषाध्यक्षमा कुसुम महर्जन, राम प्रसाद न्यौपाने, गणेश कुमार न्यौपाने लगायत हुनुहुन्छ ।
महाधिवेसन कार्यक्रममा महासंले व्यावसायिक हकहितको लागि सामुहिक तवरले आवाज बुलन्द पार्नुपर्ने आवश्यकता रहेको औंल्याइएको छ ।
महासंघमा कुन–कुन संस्था संलग्न छन् ?
हाल यस महासंघमा नेपाल व्यापार संघ, राष्ट्रिय व्यापार संघ, नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघ, एकता व्यापार संघ, चाहना व्यापार संघ, खिचापोखरी–न्युरोड व्यापार संघ, नयाँबानेश्वर व्यापार व्यवसायी संघ, फेन्सी व्यवसायी संघ नेपाल, रञ्जना व्यापार संघ, सिभिल मल व्यापार संघ, कोटेश्वर व्यवसायी संघ, नेपाल टेलिमार्केटिङ एसोसिएसन, पिपुल्स प्लाजा व्यापार संघ, ललितपुर तयारी पोशाक व्यापार संघ, भक्तपुर रेडिमेड व्यापार संघ, बौद्ध व्यापार संघ, विशाल बजार व्यापार संघ, भोटेवहाल तयारी पोशाक उत्पादक तथा विक्रेता संघ आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij