
नेपालमा चेम्बर अफ कमर्सले प्रभावकारी रुपमा काम गर्न नसकेको समयमा उक्त संस्थालाई पुःन सक्रिय बनाउने काममा हामी साना तथा मझौला व्यवसायीहरुले विशेष प्रभावकारी भूमीका निर्वाह गरेका थियौं । तर हामी साना व्यवसायीहरुका समस्या समाधानको निम्ति नेपाल चेम्बर अफ कमर्सले प्रभावकारी रुपमा काम अघी बढाउन नसकेको कारण हामीले बाध्य भएर नेपाल राष्ट्रिय व्यवसायी महासंघ स्थापना गर्नुपरेको हो । अहिले हाम्रो यस महासंघमा १८ ओटा संघहरु आवद्ध छौं ।
विगतमा हामीले नेपाल चेम्बर अफ कमर्सलाई हाम्रो मातृ संस्थाको रुपमा मान्दै आएका भएपनि उक्त संस्थाले हाम्रा हकहित र अधिकारको लागि प्रयाप्त काम गर्न नसकेको अवस्थामा हामी साना तथा मझौला व्यवसायीहरुको आवाज बुलन्द पार्ने काम अब नेपाल राष्ट्रिय व्यवसायी महासंघले गर्नेछ ।
विगतमा हामीले हाम्रा आफ्ना गतिविधिहरु मार्फत साना मझौला व्यवसायीहरुको पक्षमा सक्रियतापूर्वक काम गर्नको निम्ति हामीले चेम्बर अफ कमर्सलाई दबाब पनि दिएका थियौं । नेपालमा चेम्बर अफ कमर्सलाई हामीले दिएको दबाब पश्चात् केही सक्रियतापूर्वक कामहरु पनि अघी बढाइएको त थियो । तर त्यतिले मात्रै हाम्रो आवाज राज्य सम्म पुग्ने अवस्था भने रहेन ।
त्यसै कारण हामीले नेपाल चेम्बर अफ कमर्ससँग मिल्दोजुल्दो प्रकृतिको समानान्तर संस्था आवश्यक रहेको महसुस गरी यस महासंघको स्थापना गरेका हौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघ सबै साना तथा मझौला व्यवसायीहरुको छाता संगठनको रुपमा अब आफ्ना गतिविधिहरुलाई निरन्तर रुपमा अघी बढाउनेछ ।
अहिले हाम्रो यस नवगठित यस संस्थामा हाल काठमाडौं, भक्तपुर र ललितपुरमा रहनुभएका उद्यमी-व्यवसायीहरु संलग्न हुनुहुन्छ । यस महासंघको दायरा विस्तारै देशभर नै विस्तार गर्दै लैजानेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij