काठमाडाैंकाे तारकेश्वरमा सञ्चालित हिम रश्मी स्कुलमा वृहद् शैक्षिक प्रदर्शनी सम्पन्न भएकाे छ । विद्यालयमा सम्पन्न प्रदर्शनीमा विभिन्न ३० विद्यालयबाट ठूलाे सङ्ख्यामा विद्यार्थीहरू उक्त प्रदर्शनीकाे अवलाेकनकाे निम्ति सहभागि भएका थिए ।
जिल्ला शिक्षा अधिकारी प्रकाश सापकाेटा र प्याब्सन काठमाडाैंका उपाध्यक्ष प्रेम राइ लगायतका व्यक्तिहरूकाे समेत उपस्थिति रहेकाे उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल लाेकेन्द्र बहादुर खड्काले विद्यालयका गतिविधिहरू तथा प्रदर्शनी अायाेजना गर्नुकाे उद्देश्यबारे अाफ्नाे धारणा राख्नुभएकाे थियाे ।
ब्रिटिस काउन्सिलकाे अाइएसए अवार्डकाे लागि मनाेनयनमा परेकाे यस हिम रश्मी स्कुलले अायाेजना गरेकाे प्रदर्शनीमा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरूकाे प्रतिभा झल्किएकाे थियाे । 
प्रदर्शनीमा विज्ञान-प्रविधि, कला संस्कृति, खानपान, रहनसहन, गणित, भाैगाेलिक परिस्थिति, नेपालकाे परम्परा लगायतका विभिन्न वस्तुहरूका नमुना संलग्न थिए । ड्राेन, राेवाेट, केवलकार, विद्युतीय सामाग्रीहरू, अार्ट एण्ड क्राफ्ट सम्बन्धी विभिन्न अाकर्षक नमुनाहरूले प्रदर्शनी समेत रहेकाे उक्त अवलाेकनमा दर्शकहरू राेमान्चित मुद्रामा देखिन्थे ।
उक्त प्रदर्शनी सम्पन्न गर्नकाे निम्ति विद्यालयका विद्यार्थीहरू स्वयंसेवककाे रूपमा खटिएका थिए । अाफूलार्इ दिएकाे जिम्मेवारी सबै विद्यार्थीले पूरा गरेका थिए । निकै चहलपहल रहेकाे उक्त प्रदर्शनी त्यति नै व्यवस्थित समेत थियाे ।
यसैगरी अाज फागुन ७ गते विशेष सांस्कृतिक कार्यक्रम, नाटक, क्यारिकेचर लगायतका विभिन्न कार्यक्रम सहित अभिभावक दिवस मनाउने कार्यक्रम छ ।
साथैै मुख्य अाकर्षणकाे रूपमा
विद्यार्थीहरूकाे प्रतिभा झल्कने विद्यार्थीहरूबाट रचित कथा, कविता, गीत, लेख रचना सहितकाे स्मारिका विमाेचन गर्ने कार्यक्रम छ । अभिभावकहरूलार्इ अनिवार्य रूपमा उपस्थित हुनकाे निम्ति विद्यालयले अाग्रह गरेकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij