२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

अभिभावक दिवस र प्रदर्शनी सहित सिर्जना ज्ञानसागर फेस्टिवल २०७४ सम्पन्न

अभिभावक दिवस र प्रदर्शनी सहित सिर्जना ज्ञानसागर फेस्टिवल २०७४ सम्पन्न

तारकेश्वर स्थित सिर्जना ज्ञानसागर स्कुलले शैक्षिक प्रदर्शनी तथा अभिभावक दिवस लगायतका विविध कार्यक्रमहरू सहित सृजना ज्ञानसागर फेस्टिवल-२०७४  सम्पन्न गरेकाे छ । ‘शिक्षामा गुणस्तरीयता जीवनमा सुन्दरता’ भन्ने मुख्य सन्देश सहित लामाे यात्रा पार गरिसकेकाे यस सिर्जना ज्ञानसागर स्कुलले अायाेजना गरेकाे अभिभावक दिवस कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा  डा. चिन्तामणी याेगी उपस्थित हुनुहुन्थ्याे । उहाँकाे  सरल र प्रेरणादायी सन्देशमूलक प्रस्तुतीले विद्यालयकाे वातावरण निकै राेमाञ्चित बनेकाे थियाे ।  बालबालिकाहरूले राष्ट्रिय गान मार्फत शुरू गरेकाे उक्त कार्यक्रममा प्रमुख अतिथि डा. चिन्तामणि याेगीबाट दीप प्रज्वलन गरी विधिवत रूपमा कार्यक्रम अघी बढाइएकाे थियाे । 

अभिभावक दिवसकाे अवसरमा विद्यार्थीहरूले समेत अा-अाफ्नाेे प्रस्तुती राखेका थिए । नियमित शिक्षाकाे अलावा संस्कारमा समेत विशेष ध्यान दिँदै अाएकाे तथ्य विद्यार्थीहरूकाे प्रस्तुतीमा नै झल्कन्थ्याे । अाफूमा विकास भएकाे कला र क्षमता अाफ्ना अभिभावकहरू माझ प्रस्तुत गर्न पाउँदा उनीहरू निकै खुसी थिए । साथै  अभिभावकहरूमा समेत सन्तुष्ट भाव झल्कन्थ्याे ।

विद्यालयमा स्थानीय स्तरका संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवी, राजनीतिक दल, सञ्चारकर्मी, अभिभावक, शिक्षक, विद्यार्थी लगायतकाे उल्लेख्य सहभागिता रहेकाे थियाे । कार्यक्रममा मानव अधिकारकर्मी मुकुन्द दाहाल, गाेलढुंगा खेलकुद समाजका सुदर्शन अाचार्य, विभिन्न विद्यालयका प्रिन्सिपलहरू  रामकृष्ण अधिकारी, कमल ज्ञवाली लगायत विभिन्न प्रतिष्ठित व्यक्तिहरूलार्इ मन्चमा अासनग्रहण गराइएकाे थियाे ।

कार्यक्रममा अभिभावककाे तर्फबाट बाेल्दै  विमला चापागार्इले स्कुलकाे प्रगति उल्लेखनीय रहेकाे बताइन् । साथै सबै अभिभावकहरूले समय-समयमा विद्यालयमा उपस्थित भएर अाफ्ना बालबालिकाहरूकाे प्रगतिकाे बारेमा जानकार हुनकाे निम्ति समेत उनले अाग्रह गरेकी छिन् ।

 

 गुणस्तरमा विशेष जाेड दिएका छाैं ः प्रिन्सिपल फुयाँल 

अाफूले गुणस्तरीय शिक्षामा विशेष जाेड दिँदै अाएकाे बताउँदै विद्यालयका प्रिन्सिपल राजेन्द्र फुयाँल गुणस्तरका केही मापदण्ड हुने र ती सबै मापदण्डमा अाफूहरू अब्बल रहेकाे बताउनुभएकाे छ ।

प्रिन्सिपल राजेन्द्र प्रसाद फुयाँलले विद्यालयले एकेडेमिक एक्सिलेन्स, स्किल डेभलपमेन्ट र क्यारेक्टर फर्मेसनमा जाेड दिन सके मात्र अाफूहरूले चाहे बमाेजिमकाे व्यावहारिक र जीवनाेपयाेगी शिक्षा प्रदान गर्न सकिने मान्यता बमाेजिम विद्यार्थीहरूकाे सर्वाङ्गीण विकासलार्इ जाेड दिँदै शिक्षा प्रदान गरिरहेकाे बताउनुभयाे ।

साथै अाफ्नाे विद्यालयले लामाे इतिहास बाेकेकाे, निश्चित उद्देश्य सहित अघी बढेकाे, अावश्यकता बमाेजिम लगानी तथा कार्यक्रम विस्तार गर्ने याेजना र क्षमता अाफूसँग रहेकाे, सशक्त, क्षमतावान् र जुझारू टीमले विद्यालयकाे नेतृत्व गरेकाे, प्रतिष्पर्धात्मक बजारमा साेही बमाेजिम अभिभावकहरूलार्इ अाफ्नाे क्षमता र उपलब्धिमा विश्वास दिलाउँदै अघी बढ्न सफल रहेकाे कारण नै अहिलेकाे उपलब्धि भएकाे समेत बताउनुभएकाे छ ।

यसकाे साथै अाफूहरू निरन्तर रूपमा शैक्षिक गुणस्तर अभिवृद्दिकाे लागि अावश्यक सबै पक्षलार्इ एकसाथ परिचालन गरिरहेकाे बताउनुभयाे । जसले गर्दा अाफूलृ दिनुपर्ने शैक्षिक गुणस्तरमा  कुनै कमी नभएकाे प्रति उहाँले अभिभावकहरूलार्इ विश्वास दिलाउनुभयाे ।

विद्यार्थीहरूलार्इ याेग, ध्यान, ह्यान्डराइटिङ, खेलकुद, मनाेरञ्जन, भ्रमणकाे अलावा Guest Lechture काे माध्यमबाट समेत क्षमता अभिवृद्दिकाे निम्ति विशेष पहल गरेकाे बताउँदै उहाँले अाफू सङ्ख्यामा नभर्इ गुणस्तरीयतामा विशेष केन्द्रित रहेकाे बताउनुभयाे । तर पहिलाे पाठशाला भनेकाे अाफ्नै घर र अभिभावकहरू नै भएकाे भन्दै उहाँले बालबालिकाहरूकाे मष्तिष्कमा जहिले पनि सकारात्मक सन्देश प्रवाह गर्न अाग्रह गर्नुभएकाे छ । बालबालिकालार्इ गाली गर्न नहुने तर उनीहरूका कमजाेरी अाैंल्यार्इदिनुपर्ने कुरामा जाेड दिँदै बालबालिकाहरूलार्इ सुपाच्य  र सात्विक भाेजन प्रति विशेष जाेड दिन समेत अाग्रह गर्नुभएकाे छ ।

विद्यालयका अागामी याेजना ः

यसै बर्षदेखि +२ सञ्चालनमा अाउने बताउँदै अागामी दिनमा स्नातक शिक्षा समेत अाफूहरूले सञ्चालन गर्ने याेजना रहेकाे फुयाँलले बताउनुभएकाे छ । तत्काल नै न्यून शुल्कमा पूर्ण मन्टेश्वरी शिक्षा सञ्चालनकाे याेजनामा अाफूहरू रहेकाे समेत प्रिन्सिपल फुयँलले बताउनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij