काठमाण्डौ काभ्रेमा अपहरण गरी एक युवतीमाथि बलात्कार गरिएको घटना सार्वजानिक भएको छ । मंगलबार बेलुकी ६ बजे काभ्रेको दाप्चा काशिखण्ड नगरपालिका ९ स्थित घर भएकी रोनिका तामाङ(नाम परिवर्तन) लाई एक युवकले अहरण गरी बलात्कार गरेको खुलेको हो । नगरपालिकाको मुख्य बजार भकुण्डेमा रहेका एक समिलमा दाउरा किन्न गएकी २१ वर्षीया तामाङमाथि अपहरण गरी बलात्कार गरिएको भन्दै युवतीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा बुधबार किटानी जाहेरी दिएपछि घटना बाहिर आएको हो । दैलेख स्थायी घर भएका चामुण्डा नगरपालिका २ का २२ वर्षीय बमबहादुर बिष्ट भकुण्डेको एक समिलमा काम गर्दै आएका थिए । पीडित तामाङले भक्कानिदै भनिन् – म पहिला दाउरा लिन जाँदा दाउरा छैन काँचो छ एकै छिन पख भन्दै कुरायो पछि दाउरा दिएर पठाउँदा साँझ परिसकेको थियो ।

म सधैँ सोही समिलमा दाउरा लिन जान्थेँ , उसले अचानक दाउराको भारी पल्टाएर मुख छोपरे घिसार्दै मलाई खोला छेउ पुर्यायो अनि मुख थुनेर जबर्जस्ती बलात्कार गर्यो , त्यस पछि प्रतिकार गर्दै भाग्न खोज्दा मुख थुनेर राति नै बिष्टले भकुण्डेबाट बनेपा आउँदै गरेको तरकारी गाडीमा राखेर पनौतीको ज्यालापाटी भन्ने ठाउँमा पुर्यायो , केहि दिन अघि मात्रै देखि सो समिलमा काम गर्न आएको आफुले देखेको बिष्टले आफुलाई बलात्कार गरिसकेपछि प्रलोभन र अरुले थाहा पाउँछन् भनेर धम्क्याएको समेत पीडित तामाङले जाहेरीमा उल्लेख गरेकी छिन् । घटना लगत्तै मंगलबार परिवारबाट छोरी गायब भएपछि परिवारले खोजि गरेका थिए । भोलिपल्ट परिवारसँग सम्पर्क हुँदा पीडित तामाङले आफु बलात्कार भएको कुरा आफन्तलाई भनेपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए सो लगत्तै पीडितलाई पनौतीबाट उद्धार गरिएको थियो । प्रहरीले आरोपीलाई पनि बुधबार बिहान नियन्त्रणमा लिएको र पीडितको मेडिकल परीक्षण गर्न काठमाडौ पठाईएको, आरोपमा पक्राउ परेका बिष्टमाथी थप अनुसन्धान भई रहेको बताएको छ । घटनाबारे अनुसन्धानको लागि समिलका मनेजरलाई पनि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij