एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । यससँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।
दलको नेता चुन्न एमालेले आन्तरिक चुनाव गरेको थियो । राईसँग भीम आचार्य चुनावी प्रतिस्पर्धामा थिए ।
तर, पार्टी सचिव एवं प्रदेश संयोजक आचार्यलाई दुई मतान्तरले गर्दै राई संसदीय दलको नेता निर्वाचित भएका छन् । राईले २६ मत पाएका छन् भने आचार्यले २४ मत पाए । एक मत भने बदर भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij