२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

१२ बुँदे घोषणापत्र सहित पत्रकार महासंघ काठमाडौंको बिस्तारीत बैंठक ककनीमा सम्पन्न

१२ बुँदे घोषणापत्र सहित पत्रकार महासंघ काठमाडौंको बिस्तारीत बैंठक ककनीमा सम्पन्न

ककनीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्छ : महत

नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाको विस्तारित बैठका ककनीमा यहि माघ १२ र १३ मा सम्पन्न भएको छ । उक्त विस्तारित बैंठकले आगामी दिनमा पत्रकार महासंघ काठमाडाैं शाखाले गर्ने विशेषतः साना पत्रपत्रिकाहरुको हक, हित र अधिकारको लागि गर्नुपर्ने काम सम्बन्धमा विस्तृत छलफल गरेको छ ।

ककनीमा सम्पन्न विस्तारित बैठकले साना लगानीका पत्रपत्रिकाहरुको अलावा अनलाइन मिडियाहरुका समस्याहरुलाई के–कसरी समाधान गर्न सकिन्छ भन्ने लगायतका विषयवस्तुलाई उठान गरेको छ । त्यससँगै रही १२ बुँदे घोषणपत्र समेत जारी गरिएको छ ।

ककनीमा सम्पन्न भएको कार्यसमिति विस्तारित बैठकले सबैलाई उचित हुने किसिमबाट समानुपातिक विज्ञापन प्रणाली लागु गर्नुपर्ने, सो लागु नभएसम्मका लागि लोककल्याणकारी विज्ञापन दोब्बर पार्नुेपर्ने, अनलाइनहरु विद्युतिय मिडियाहरुलाई समेत उचित किसिमबाट व्यवस्थापन गर्नुपर्ने लगायतका विषयवस्तुहरुमा उपस्थित व्यक्तिहरुले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

ककनीमा सम्पन्न भएको काठमाण्डाौं शाखाको विस्तारीत बैठकले सानाे लगानीका पत्रपत्रिकाहरुका लागि न्यायोचित र ठोस निर्णय पारित गर्नुका साथै ककनीमा रहेका पर्यटकीय नगरीलाई समेत के-कसरी माथि लैजान सकिन्छ र त्यसको निम्ति मिडियाको भूमीका के हुनुपर्छ भन्ने सम्बन्धमा पनि विस्तृत छलफल भएको छ ।
ककनीमा रहेका कृषि क्षेत्र र पर्यटनलार्ई विकास गरी यस ककनी क्षेत्रलाई साँच्चि नै नेपालकै एक नमुनामूलक पर्यटकीय एक उदाहरणीय गन्तव्यको रुपमा विकास गर्न सकिने कुरामा समेत  विस्तारीत वैठक केन्द्रित भएको छ ।

उक्त वैठकमा शाखाका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईले पत्रकार महासंघको इतिहासमा साँच्चि नै नेपाल पत्रकार महासंघ काठमाण्डौं शाखाले एक उदाहरणीय काम गर्दै आएको र भोलीको दिनमा अझ यी गतिविधिहरुलाई यो भन्दा पनि माथि लानको लागि आफूले के कस्तो खालको सहयोग गर्नुपर्ने हो, ती खालका कामहरुको लागि निरन्तर तयार रही हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

त्यस्तै अर्का सल्लाहकार रामकृष्ण अधिकारीले महासंघमा आइपर्ने विभिन्न खालका समस्याहरुप्रति आफू सचिव हुँदा देखि नै ती गतिविधिहरुलाई कसरी माथि लान सकिन्छ भन्ने सम्बन्धमा आफ्ना विशेष योजनाहरु रहेको र ती योजनाहरुलाई कार्यान्वयनको लागि विशेष पहल गर्नुपर्ने कुरामा जोड दिए।

ककनीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्छः रामशरण महत
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आयोजना गरेको ‘पर्यटन विकासमा सञ्चार माध्यमको भूमिका’ विषयक कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेसका नेता रामशरण महतले अस्थिर खालका राजनीति गतिविधिका कारण विकास निर्माणले सही गति लिन नसकेको बताउनुभयाे ।
पूर्वाधार र निर्माण लगायतका कामहरु ज्यूँका त्यू रहेको बताउँदै महतले ककनीमा रहेका पर्यटकीय महत्वका सम्पदाहरुलाई मिडियाका साथिहरुको ठूला खालका साथ र सहयोग रह्यो भने अवश्य पनि यो क्षेत्रको पर्यटन क्षेत्रले गति लिन सक्ने कुरा बताउँछन् महरा । उहाँ भन्नुहुन्छ, ‘अब हामी नेताहरुले मुलुकमा भाषण गरेर मात्र हुन्न, जनताको जनस्तरलाई पहिलो प्राथमिकतामा राखेरा काम गर्ने खालको वातावरणको विकास गर्न सक्नुपर्छ ।’

आफू अर्थमन्त्री भएको बेलामा अर्थ मन्त्रालयबाट १ अर्बको बजेट यस क्षेत्रको सडक विस्तारको लागि छुट्याइएको बताउँदै तर हालसम्म आइपुग्दा ती खालका पूर्वाधारका कामहरु जस्ताको जस्तै रहेको कुरा महत बताउनुहुन्छ ।


उक्त कार्यक्रममा वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बालकृष्ण बस्नेत, गोरखापत्र दैनिकका उपसम्पादक करुण अर्याल, वरिष्ट पत्रकार उमेश भण्डारी, ककनी गाउँपालिका प्रमुख मानवहादुर लामा, प्रेस चौतारीका केन्द्रीय सदस्य तथा काठमाण्डौंका इन्चार्ज हेमराज सिलवाल, प्रेस सेन्टर तीन नम्वर प्रदेश उपाध्यक्ष छविलाल दाहाल ‘नमराज’ विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सशक्र प्रहरी बलका ए.पी.एफ युएन पिटिसिका एसएसपी. के.वि. बह्मचार्य लगायतका गन्यमान्य व्यक्तिहरुको सहभागी रहेको थियो ।
सशस्त्र प्रहरी बलद्वारा पत्रकारलाई स्वागत ः
उक्त कार्यक्रममा पत्रकार महासंघ काठमाण्डौं टोलीलाई सशस्त्र प्रहरी बल तालिम केन्द्रका समादेशक एसएसपी केवी ब्रम्हचार्य, एसएसपी तथा सो केन्द्रका पूर्व समादेशक गणेश ठाडा मगर लगायतका उच्च प्रहरी अधिकारीहरुले विशेष स्वागत गरेका थिए । उक्त पत्रकारहरुको टोलिसँग विशेष खालको हार्दिकता देखाउँदै ककनीको पर्यटकीय प्रवद्र्धनको लागि सम्पूर्ण पत्रकारहरुलाई आफ्नो कलम मार्फत राम्रो खालको भूमिका निर्वाह गर्नको लागि सधैभरी उत्प्रेरित समेत गरे । सञ्चार माध्यमको कलम र वौद्धिकताको आफूले सधैं कदर र सम्मान गर्ने कुरा समेत उनले व्यक्त गरे ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघको निमन्त्रणलाई स्वीकार्दै पत्रकारहरुको टोलीलाई स्वागत गर्दै ब्रम्ह्चार्यले नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखालाई आर्कषण खालको मायको चिनो समेत प्रदान गरेका थिए । उक्त कार्यक्रममा त्यस क्षेत्रका सामाजिक तथा राजनीतिक क्षेत्रका व्यक्तिहरुको अलावा पर्यटन व्यवसायीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij