२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

महिला वेचविखन अभियोगमा सुनबहादुर विरुद्ध थप मुद्दा सिआइविमा

महिला वेचविखन अभियोगमा सुनबहादुर विरुद्ध थप मुद्दा सिआइविमा

महिला वेचविखनको अभियोगमा मंसिर अन्तिम साता प्रक्राउ परेका नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष सुनबहादुर तामाङ धरौटीमा रिहा भएलगत्तै फेरि प्रक्राउ परेका छन् ।

काठमाडौं, माघ ८ । महिला वेचविखनको अभियोगमा मंसिर अन्तिम साता प्रक्राउ परेका नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष सुनबहादुर तामाङ अदालतले धरौटीमा रिहा गरेलगत्तै पूनः पक्राउ परेका छन् । काग्रेस नेता डा रामशरण महतले उनलाई छुटाउन प्रधानमन्त्री शेरवहादुर देउवासम्म दवाव वढाएपनि उनी २०६८ सालकै एउटा मुद्दामा फरार रहेको तथ्य फेला परेपछि पून प्रक्राउ परेका हुन् ।

त्यसोत उनीवाट पीडित वनेका थप महिलाहरुले पनि उजुरी दर्ता गराउन थालेका कारण उनको महिला वेचविखनका थप रहस्यहरु खुल्दै जान थालेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई महिला वेचविखनको अभियोगमा मंसिर अन्तिम साता गाउपालिकावाटै प्रक्राउ गरि हिरासतमा राखेको थियो ।

उनी प्रक्राउ परेपछि छटपटिएका काग्रेस नेता महत लगायतले रिहा गर्न राजनीतिक दवाव वढाएका थिए । तर उनको विवादास्पद पृष्ठभूमिका कारण उनलाई रिहा गर्न जतिसुकै प्रेसर आएपनि प्रहरीले मानेको थिएन । सिविआईले माघ ५ गते शुक्रवार काठमाडौं जिल्ला अदालतमा वयानका लागि उपस्थित गराएपछि अदालतले उनलाई ८ लाख रुपैया धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

उक्त दिन धरौटी नवुझाएका कारण प्रहरीले तामाङ लाई सुन्धरास्थित केन्द्रीय कारागारमा चलान गरेको थियो । आइतबार उनले धरौटी रकम वुझाएका थिए । तर उनी २०६८ सालमै महिला वेचविखनकै मुद्दामा दोषी ठहर भई फरार रहेको तथ्य फेला परेपछि प्रहरीले उनलाई पून प्रक्राउ गरेको हो ।

त्यसवेलाको मुद्दामा तामाङ लाई ६ वर्षे कैद सुनाईएको थियो । त्यसवेला फरार रहेका उनलाई अहिले प्रहरीले अदालती फैसल्ला कार्यान्वयन गराउन पुन प्रक्राउ गरेको जनाएको छ ।

त्यसो त उनी विरुद्द नुवाकोट वाहिरका थप २ र नुवाकोट दुप्चेश्वर १ घयाडफेदीकै एक महिलाले कारवाहीको माग गदै पून केन्द्य्रीय अनुसन्धान ब्यूरोमा उजुरी दर्ता गराएका छन् । उनीविरुद्ध यस अगाडी नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का तीनजना पीडित महिलाले सिआइबीमा जाहेरी दिएका थिए ।

भरतका विभिन्न चार स्थानमा सुनवहादुर स्वंमले नै कोठी (यौनगृह) सञ्चालन गरेको तथ्य खुलेको प्रहरीको भनाई छ । ६ वर्ष अगाडीको मुद्दामा फरार रहेका उनलाई फैसल्ला कार्यान्वयनका क्रममा गरिएको यो प्रक्राउपछि सिविआईले आजै विहान १० वजेपछि जिल्ला अदालतमा लैजाने तयारी गरिरहेको छ ।
पहिलो मुद्दामा उनी आफै मुख्य प्रतिवादी थिए भने दोश्रोमा उनलाई साहायक प्रतिवादीको रुपमा मुद्धा दर्ता गराइएको थियो ।

उनको भारतको नयाँदिल्लीस्थित जेबी रोडको गल्ली नम्बर ६४, पुनास्थित सोना गार्छे–१५, कोलकाता र मुम्बई गरी चार ठाउँमा कोठी सञ्चालनमा छ । जेबीरोडस्थित कोठीमा ३५ जना, सोना गार्छेमा २७, कोलकातामा १५ र मुम्बईस्थित कोठीमा आठजना युवती अझै पनि वन्धक अवस्थामा यौन धन्दामा संग्लन्न गराईएको अवस्था छ ।

यसरी परयो थप मुद्दा

नेपाली काग्रेसका प्रभावशाली नेताको छत्रछायाँमा नेपाली महिलालाई भारतमा पुराउने र अवैध कोठी सञ्चालन गदै आएका सुनवहादुरका कारण धेरै महिलाहरु पीडित छन् । पीडित मध्येका पनि केही महिलाहरु अहिले विभिन्न समाजिक संघ, सस्थाको उद्दारपछि नेपाल आईसकेका छन् । उनीहरुले उनको विरुद्धउजुरी दर्ता गराउने क्रम अहिले चलिरहेको छ ।

अहिले पनि सिआइविमा उनीविरुद्ध दुई थान मुद्दा थप नयाँ परेका छन् । पछिल्लो मुद्दा उनलाई आफनै गाउँकी एक महिलाले दर्ता गराएकी छिन् । सन् २००५ मा ११ वर्षको उमेर छदा आफुलाई ललाईफकाई वम्वैको कोठीमा पुराईएको भन्दै सुनवहादुर विरुद्ध उनले हदैसम्मको कारवाहीको माग गदै सिआईविमा मुद्दा दर्ता गराएकीछिन् ।

नाम गोप्य राखिएकी ति महिलाले दर्ता गराएको उजुरीमा सानै उमेरमा आफनी आमाको निधन भएको र त्यसपछि वावुले सौतेनी आमा ल्याएर हेल ागर्न थालेपछि नातामा मामा पर्नेले काम खोजी दिने भन्दै आफुलाई काकडभित्ता लगेको र त्यहावाट भने सुनवहादुरले लिएर कोठीमा लगेर वेचेको उल्लेख छ ।
उनले दर्ता गराएको उजुरीमा उक्त कोठीमा सुनवहादुरकै समेत पार्टनरसिपमा चलेको अभियोग पनि लगाईएको छ । उनले आफुलाई वेचेपछि ६ महिनासम्म सेल्टरमा राखेर केमिकल राखिएको औषधी सेवन गर्न लगाई जर्वजस्ती यौनकर्ममा संग्लन्न गराएको उल्लेख गरेकी छिन् ।

सिआईविले भर्खरै दर्ता हुन आएको यो मुद्दाको फाइल खोलेको छैन । सुनवहादुर विरुद्ध पूरानै अभियोगका मुद्दामै कारवाही प्रक्रिया चलिरहेकोले नया मुद्दा चलाईनसकेको प्रहरी स्रोतको भनाई छ । पछिल्लो पटक मुद्दा दर्ता गराएकी उनकै गाउकी ति महिलाले आफुलाई वेचेको थाहा पाएपछि पटक पटक कोठीवाट भाग्ने प्रयास गर्दा पनि १० वर्षसम्म भाग्न नसकेको र पछि एउटा समाजिक सस्थाले उद्दार गरेपछि आफु नेपाल आएको उल्लेख गरेकी छिन् ।

त्यसपछि सुनवहादुरलाई कारवाहीको माग गदै उजुरी दर्ता गराउन खोज्दा पनि उनैले मार्ने, काटने सम्मको धम्की दिएका कारण सम्भव हुन नसकेपनि अहिले भने हिम्मत वटुलेर उजुरी दिएको वताएकी छिन् ।

तर पनि फेरि उनलाई उजुरी फिर्ता लिन र दोषी लाई उम्काउन अनेक प्रपन्च भईरहेको छ । प्रहरी सा्रेत भन्छ, उजुरी दिन आएकी प्रँय पीडित महिला दिदीवहिनीहरु डराएका देखिन्छन्, उनीहरुलाई सुनवहादुरले मुद्दा दर्ता गराए ठिक नहुने भन्द्रै धम्की दिईरहेको पाईएको छ ।

राजनीतिक संरक्षणका आधारमा आफु जेलमुक्त हुने र त्यसपछि देखाईदिने भन्दै पिडितहरुलाई उजुरी फिर्ता लिन सुनवहादुरले धम्काईरहेको त्थय पनि पाईरहेका छौं, अनुसन्धानमा संग्लन्न सिआइृविका एक प्रहरीले वताए । सिआइविमा समेत सुनवहादुरको केसलाई लिएर पछिल्लो पटक राजनीतिक दवाव धेरै नै आएको प्रहरी स्रोतले वताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij