२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

सिपी गजुरेलले विज्ञप्ति मार्फत माग गरे गाेविन्द केसीकाे रिहाइ

सिपी गजुरेलले विज्ञप्ति मार्फत माग गरे गाेविन्द केसीकाे रिहाइ

स्वास्थ्य–शिक्षा क्षेत्रमा भएका भ्रष्टाचारको विरोध र यससम्बन्धी सुधारका मागहरुलाई लिएर केहि वर्ष देखि डा. गोविन्द के.सी.ले अनशनको माध्यमबाट दबाव सिर्जना गर्दै आउनुभएको परिपे्रक्ष्यमा हिजो मात्रै अनशनमै बसेको बेला गएको मध्यरातमा डा. के.सीलाई गिरफ्तार गरिनुले राज्य निरंकुशता तिर उन्मुख भएको भन्दै सी.पी. गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले विज्ञप्ति निकालेको छ ।

विज्ञप्तिमा अहिलेको कदमले वर्तमान संविधानको गैर जनतान्त्रिक चरित्रतिर पनि संकेत गरेको समेत उल्लेख छ । अनशनमा रहेका डा. गोबिन्द के.सीको अविलम्ब रिहाईको माग समेत गरिएको समेत विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij