२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोल्छाले भित्र्यायो क्रिष्टल ब्राण्डका विद्युतीय उत्पादन

गोल्छाले भित्र्यायो क्रिष्टल ब्राण्डका विद्युतीय उत्पादन

नेपालको उद्योग तथा व्यापारको क्षेत्रमा प्रतिष्ठित गोल्छा ग्रुप अन्तरगतको आरके गोल्छा ग्रुपले भारतीय बजारमा प्रख्यात क्रिष्टल इलेक्ट्रिकका विद्युतीय उत्पादनहरुको नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ ।

बुधबार एक कार्यक्रमका बिच आरके गोल्छा ग्रुपको अरिहान्त कमर्शियलले क्रिष्टल इलेक्ट्रिकको क्रिष्टल स्वीच गियर्स को बिक्री बितरण सुरु गरेको हो ।

नेपालमा गोल्छा अर्गनाइजेशन अन्तरगतको आरिहान्त कमर्शियल प्रालिले आधिकारिक रुपमा क्रिष्टलका उत्पादनहरुको बिक्री बितरण गर्नेछ । आरिहान्त कमर्शियलले नेपाली बजारमा विद्युतीय उपकरण अन्तरगतका एमसीसीबी, डिष्कनेक्टर फ्यूज, चेञ्जओभर सिरिज भित्र्याएको हो । त्यसै गरी क्रिष्टलका उत्पादनहरु गिजर, स्वीच फ्यूज युनिट, एमसीबी, अफलोड चेञ्जओभर, एमसीबी डिष्ट्रीव्यूसन बोर्ड लगायतका उत्पादन नेपाली बजारमा भित्रिएका छन् ।

अहिले बजारमा पाइने उत्पादनहरुको तुलनामा क्रिष्टलका उत्पादनहरु गुणस्तरीय रहेको आरिहान्त कमर्शियलका महाप्रबन्धक विजय कुमार रायले दाबी गरे । उनले छोटो समयमा नै आफ्ना उत्पादनहरु उच्च गुणस्तरका कारण नै लोकप्रिय बन्ने विश्वास समेत व्यक्त गरे ।

साथै कम्पनीले क्रिष्टल ब्राण्डको नयाँ प्रविधिको ट्रान्सफरमर नेपाली बजारमा ल्याएको छ । सिएसपि (कम्लिट सेल्फ प्रोटेक्सन) प्रविधिका यी साधानले विद्युत महशुल न्युनिकरण सहयोग गर्छ र ट्रान्सफरमरको आयु समेत बढाउछ । यो प्रविधि नेपालमा विद्युत खपत कम गर्नका लागि उपयोगी हुने कम्पनीको भनाई छ ।

बजारमा आफ्नो उपस्थिती बलियो बनाउनका लागि उपभोक्तालाई सुपथ मूल्यमा आफ्ना उत्पादन बिक्री बितरण गर्ने लक्ष्य गोल्छा समुहले लिएको छ ।

‘भारतीय बजारमा क्रिष्टलका उत्पादनहरु अधिक रुचाइएका छन् । उच्च गुणस्तरका कारण नै यो सम्भव भएको हो । अब नेपाली उपभोक्ताले पनि हाम्रा उत्पादनको भरपुर सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौं।,’ महाप्रबन्धक रायले भने ।

आईएसओ ९००ः२०१५ मान्यता प्राप्त क्रिष्टल इलेक्ट्रीकका उत्पादनहरुले भारतका विभिन्न ल्याब परीक्षणमा उत्कृट नतिजा प्राप्त गरेका छन् । सन् १९६० देखि विद्युतीय उत्पादन सुरु गरेको क्रिष्टलले उपभोक्ताको मन जित्न सकेका कारण नै विभिन्न अवार्डहरु समेत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij