टि टाइम म्युजिक अन्तरगत एक दर्दानक म्युजिक भिडियो सार्वजनिक भएको छ । सर्जक मीना लामाको वास्तविक जीवन भोगाईमा आधारित गीत ‘टुहुरी’मा नेपाली समाजमा टुहुराहरुको अवस्था र उनीहरुका पीडालाई समेट्ने प्रयाश गरिएको छ ।
गुल्मीका चर्चित सर्जक तथा गायक जिसी अमरको शब्ज सृजनामा बजारमा आएको यस म्युजिक भिडियोमा छोरीलाई जन्म दिने बित्तिकै आमाको मृत्यु हुँदा समाजमा छोरीलाई हुर्कन, बढ्न र जीवनयापन गर्ने क्रममा आउने समस्याहरुलाई यस म्युजिक भिडियोमा समेटिएको छ ।
जन्म दिने आमा नहुँदा समाजले गर्ने नमिठो र गलत व्यवहारलाई यस म्युजिक भिडियोबाट नजिकबाट बुझ्न सकिन्छ । पुर्णकला बिसिको स्वर रहेको यस गीती भिडियाेमा मोडेलको रुपमा आशा खड्का, अर्जुन श्रेष्ठ, मिना लामा लगायत छन् । मिना लामाले नै निर्माण गरेको यस गीती एल्बमको निर्देशन प्रबिन कुवँरले गरेका हुन् । म्युजिक एरेन्जर इन्द्र जिसी हुन् ।
युट्युबमा हेर्नकाे निम्ति तलकाे लिंक क्लिक गर्नुहाेला ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij