२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

दशाैं हजार मंगोल उतार्दै एमएनओले २९औं बर्षगाँठ मनाउने

दशाैं हजार मंगोल उतार्दै एमएनओले २९औं बर्षगाँठ मनाउने

काठमाण्डौ, डिसेम्बर १३ । मंगोल नेशनल अर्गनाइजेसनको २९औ स्थापना दिवस साथै कास्की जिल्लाको प्रथम जिल्ला अधिवेसनको तयारी र उदेश्यबारे कार्यक्रम मूलआयोजक सभाले जानकारी गराउन पत्रकार सम्मेलन गरेको छ ।
लेख्नाथ पोखरा महानगर पालिका–१० स्थित ग्लोबल एजुकेसन सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक प्रेम छिरी शेर्पाले कार्यक्रमको तयारी र उदेश्यबारे जानकारी गराएका छन् ।

नेपालमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय शासन व्यवस्थाको निम्ति दूरद्रष्टा डा. गोपाल गुरुङद्वारा काठमाण्डौको भद्रगोल जेलमा जनवरी १ १९८९ मा स्थापित मंगोल नेशनल अर्गनाइजेसन २८ वर्ष पूरा भई जनवरी १, देखि २९औं वर्षमा प्रवेश गरेको बताए । उक्त दिनलाई अर्गनाइजेसनले प्रत्येक वर्ष स्थापना दिवसको रुपमा मान्दै आएको छ ।

लोकतन्त्रको सुढृढीकरण, सक्कली धर्मनिरपेक्ष र प्रान्तीय शासन व्यवस्थाको निमित्त अझै संगठनले थप पाइलाहरु चाल्ने बताएका छन् । मंगोल नेशनल अर्गनाइजेसन निर्दलीय पञ्चायतलाई ढाल्दै विभिन्न ऐतिहासिक धोकाधडीका बीच २८ वसन्त पार गरेको अवगत गराए ।

इतिहासमै जेलभित्र घोषणा भएको ऐतिहासिक अर्गनाइजेसनको २९औं स्थापना दिवस गतवर्ष कास्कीमा मनाउने निधोसहित केन्द्रीय सभाले अनुमोदन गरेको शेर्पाले बताए ।

स्थापना दिवसका साथ कास्की जिल्लाको विगत गतिविधिहरुको औपचारिकता, नेतृत्व चयन गर्दै पूर्णता दिन अधिवेशन गर्ने निर्णय भए वमोजिक पहिलो कास्की जिल्ला अधिवेशन समेत एक साथ गर्ने भएकाले यसलाई केन्द्रको २९औं स्थापना दिवस साथै प्रथम कास्की जिल्ला अधिवेसन रुपमा आयोजना गरेको सभाका संयोजकले जानकारी गराउनु भएको छ ।

कार्यक्रममा १६ गते ४ बजेबाट सयौंको मोटरसाइकल ¥याली सहित पोखरा लेख्नाथ महानगर परिक्रमा गर्ने, १७ गते अर्थात १ जनवरीका दिन बिहान ८ वजे अमरसिंह चोकदेखि ¥याली सहित मानवअधिकार चौक हुँदै चिप्ले ढुंगाबाट विभिन्न भेषभूषा सहित सांस्कृतिक झाकीका साथ न्यूरोड सभागृह चोक, लखन थापा चोक हुँदै १० बजे पोखरा रंगशालामा दशौं हजार जनमास उतार्दै खुल्ला सभा गर्ने कार्यतालिका रहेको छ ।

कार्यक्रमलाई अर्गनाइजेसनका केन्द्रीय मूलसचिव एवम् का.वा प्रेसिडेण्ट बुद्धलाल मेचेद्वारा सम्बोधन उद्घाटन कार्यक्रमलाई केन्द्रीय सदस्य, प्रदेश संयोजकहरुले समेत सम्बोधन गर्ने साथै विभिन्न सास्कृतिक मनारञ्जन सहित कलाकारहरुको प्रस्तुति समेत रहने आयोजक सभाले जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा मंगोलभिजनका सम्पादक, केन्द्रीय सदस्य दिलिप धिमाल, प्रदेश नं. ५ सचिव लाल बहादुर दर्लामी लगायत कास्की जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई कार्यक्रम मूल आयोजक सभाका प्रचार सचिव रियाज गुरुङले सञ्चालन गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij