ज्ञानभूमी स्कुलले भव्य रुपमा क्रिसमस डे मनाएको छ । विद्यालय प्राङ्गणमा आयोजित एक विशेष समारोहबीच उक्त क्रिसमस समारोह आयोजना गरिएको हो ।
विगतका बर्षहरुमा विद्यालय पूर्ण बन्द नै रहने प्रचलन रहेकोमा यस पटक भने आफूहरुले विद्यालय सञ्चालन गर्ने प्रचलन शुरु गरिएको प्रिन्सिपल गोविन्द भट्टले बताउनुभयो ।
क्रिसमड डेको अवसरमा जन्मदिन परेकी विद्यालय प्रिन्सिपल गोविन्द भट्टकी कक्षा ३ मा अध्ययनरत सुपुत्री क्रिस्मदा भट्टको जन्मदिन समेत मनाइएको छ । क्रिसमस डे सँगै उनी ९ बर्षमा प्रवेश गरेकी छिन् । 
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij