
अहिले सम्म भक्तपुर क्षेत्रमा ठूला उद्योगहरु छैनन् । तैपनि काष्ठकला, पर्यटन लगायतका क्षेत्रहरु यस क्षेत्रमा फस्टाइरहेका छन् । भक्तपुरमा औद्योगिक क्षेत्र सञ्चालनमा रहेपनि यहाँका उद्योगहरु घरायसी, साना र मझौला तुलनात्मक रुपमा बढी छन् ।
आर्थिक विकासमा केन्द्रित हुने समय ः
नेपालमा अहिलेका चुनावहरु मार्फत नेपालको राजनीतिक परिवर्तन लगभग सकिएको छ । यस्तो अवस्थामा हाम्रो अवको समय भनेको आर्थिक विकास नै हो । यसको निम्ति स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभा सम्मका सबै तहहरु विकासको स्पष्ट भिजन सहित अघी बढ्नुपर्छ । साथै शिक्षा र स्वास्थ्यमा राम्रो प्रगति गर्ने यी क्षेत्रको हबको रुपमा भक्तपुरलाई अघी बढाउनुपर्छ । यसको निम्ति पनि हामीले यस क्षेत्रका साना र मझौला उद्योगहरुलाई अघी बढाउनुपर्छ ।
सानो बजार दायरा ः
अहिले पनि हाम्रो भक्तपुर क्षेत्रको निम्ति बजार कम छ । जसले गर्दा हामीकहाँ ठूला उद्योगहरु आउन सकेका छैनन् भने यहाँ भएका उद्योगहरु टिक्न सकेको अवस्था पनि छैन । नेपालमा नै यस्ता उद्योगहरु टिक्न सक्ने वातावरण बनाउनको निम्ति माथि उठ्न नसकेका तर राम्रो सम्भावना रहेका उद्योगहरुको अवस्था माथि उठाउनको निम्ति राज्यले नै विशेष पहल गर्नु जरुरी रहन्छ ।
साना उद्योगको संरक्षण र प्रबद्र्धन आवश्यक ः
नेपालसँगै विकासको दिशामा अघी बढेका देशहरु अहिले निकै माथि उठिसकेका छन् । तर नेपालको अवस्था भने झन् कमजोर बन्दैछ । यस्तो अवस्थामा नेपालको निम्ति तत्काल ठूला उद्योगहरु सञ्चालन गरेर भारत र चीन जस्ता देशहरुबाट उत्पादित वस्तुसँग हाम्रो बजारलाई प्रतिष्पर्धामा लैजान नसकिने समयमा हामीले गर्नुपर्ने लगानी विस्तार र संरक्षण साना र मझौला उद्योग लक्षित पनि हुनुपर्छ ।
समन्वयनकारी भूमीका निर्वाह गर्नेछौं ः
हामी भक्तपुर उद्योग वाणिज्य संघ एउटा समन्वयनकारी संस्था मात्र हो । यद्यपि हामीले यस क्षेत्रका उद्योगहरुको क्षमता विस्तार र आधुनिक प्रविधिलाई प्रयोग गर्ने कामको निम्ति निरन्तर रुपमा पहल गरि नै रहनेछौं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij