म्यादी प्रहरी विवेक ऐडीको हत्याको घटनालाई लिएर लगाइएको कर्फ्यू आजदेखि हटेको छ। शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेका समयमा आन्दोलनकारी म्यादी प्रहरीले प्रशासन अगाडि टायर बाल्नाका साथै ढुंगामुढा प्रहार भएपछि ४ बजेदेखि कर्फ्यू लगाइएको थियो।
गृह मन्त्रालयका सहसचिव मानबहादुर विकको संयोजकत्वमा सरकारले गठन गरेको समिति घटनाको छानबिन गर्न कालिकोट पुगेपछि कर्फ्यू हटाइएको हो । प्रजिअ बद्रीनाथ गैरेले आज बिहान ७ बजेदेखि कर्फ्यू हटाइएको जानकारी दिएका छन्। ‘समितिले पीडित पक्षसँग छलफल गरिरहेको छ’ उनले भने। कर्फ्यू हटाइएको भएपनि प्रशासनले अासपासमा भने निषेधित क्षेत्र कायमै राखिएको जानकारी दिएको छ।प्रहरीको गोली लागि मृत्यु भएका म्यादी प्रहरी विवेक ऐडिको परिवारलाई २५ लाख क्षतिपूर्ति दिइने भएको छ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij