
काठमाडौंको ठमेलमा १ बर्ष पहिले देखि सञ्चालनमा आएको हिमालयन ब्रियु कफी सप मध्यम वर्गिय ग्राहकहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको हो । ठमेलको पीपलबोट नजिकै सञ्चालनमा रहेको उक्त कफी शपमा नेपालकै पहाडी जिल्लाहरु पाल्पा, गोरखा, ललितपुर लगायतमा उत्पादन भएको कफीलाई संकलन गरिँदै आएको सञ्चालक अच्युत अधिकारीले बताए ।
पछिल्लो समय नेपालमा कफी कल्चर बढ्दै गएको यद्यपि ठमेलको बाहिरी क्षेत्रमा स्तरीय कफी सप सञ्चालनमा नआएको कुरालाई दृष्टिगत गर्दै आफूले कफी शप सञ्चालन गरेको समेत उनले बताएका छन् । नेपालमा कफी सम्बन्धी मेसिनहरु आयात गर्दै आउनुभएका मदन सापकोटाको समेत प्राविधिक सहयोगमा आफूले कफी शप सञ्चालन गर्दै आएको अधिकारीले बताए ।
स्तरीय सेवाको लक्ष्य :
प्रतिष्पर्धात्मक बजारमा अहिले राम्रो सेवा दिन नसक्ने हो भने बजारमा लामो समय टिक्न र अघी आउन नसकिने कुरालाइृ बुझेर आफूले सोही बमोजिम सेवा विस्तारलाई नै आफूले विशेष प्राथमिकतामा राख्दै आएको उनी बताए ।
२ बर्षको कफी क्षेत्रको आफ्नो अनुभवको आधारमा उनले आफैं कफी शप सञ्चालनमा ल्याएका हुन् । केही समयको वरिस्ता सम्बन्धी तालिम लिएर यस क्षेत्रमा प्रवेश गरेका उनले सञ्चालन गरेको कफी शपमा हाल ४ जना व्यक्तिहरुले रोजगारी पाइरहेका छन् ।

नेपालमा अहिले कफी कल्चर निकै राम्रो तवरले बढ्नुको पछाडि नेपालीहरुले विदेशी संस्कारलाई नै आत्मसात् गर्ने प्रचलन बढ्दै गएको हुन सक्ने अधिकारीको अनुमान छ । नेपाली तथा विदेशी दुवैको रोजाईमा पर्दै गएको हुनाले यस क्षेत्रमा काम गर्ने क्रममा अहिले आफू सन्तुष्ट रहेको समेत उनी बताउँछन् । आफूले कुन वर्गलाई लक्षित गरेर सेवा सञ्चालन गर्ने हो । त्यो बारेमा पहिले नै स्पष्ट हुन सके मात्र आफ्नो व्यवसायलाई राम्रो तवरले गति दिन सकिने अधिकारीको बुझाई छ ।
लगानी :
शुरुमा ठाउँ छनोट, इन्टेरियर डिजाइन, डेकोरेसन तथा पूर्वाधार लगायतको निम्ति करिब २५ लाख रकम लगानी भएको उनले बताए । हाल यस कफी शपले करिब ५० भेराइटीका कफीहरु उपलब्ध गराउँदै आएको छ ।
नेपालमा नै विभिन्न क्षेत्रमा राम्रो अवसर रहेको भन्दै नेपालमा नै रहेर काम गर्ने क्रममा केही जोखिम लिनुपर्ने भएपनि नेपालीहरुले तुलनात्मक रुपमा नेपालमा नै राम्रो गर्न सकिने अधिकारीको सल्लाह छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij