२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

नेबिकोले सार्वजनिक गर्यो गुलियो स्वादको सुगरफ्री क्रयाकर

नेबिकोले सार्वजनिक गर्यो गुलियो स्वादको सुगरफ्री क्रयाकर

मधुमेह भएका विरामीलाई उपयुक्त ह्रने

काठमाडौम । विगत ५३ बर्ष देखि नेपालमा सञ्चालन हुँदै आएको नेबिको प्रा.लि.ले विहीबार अन्नपूर्ण होटलमा आयोजित एक विशेष कार्यक्रम बीच सुगरफ्री क्रयाकर बिस्कुट सार्वजनिक गरेको छ ।
चिनी प्रयोग नगरिएको तर विभिन्न स्वास्थ्यवद्धक  फुड ग्रेडको प्रयोग गरेर गुलियो स्वादमा उत्पादन गरिएको यो विस्कुट मधुमेह भएका विरामीहरुलाई लक्षित गरी उत्पादन गरिएको हो ।
हाल ३ सय ५० ग्राम तौल सहित १ सय रुपियाँ बजार मूल्य कायम गरिएको याे बिस्कुट हाल प्रवद्धनात्मक योजना अन्तरगत २० प्रतिशत अतिरिक्त परिमाणमा  उपलब्ध हुने भएको छ ।

बिस्कुट, कन्फेक्सनरी, ट्रेडिङ ल गायतका क्षेत्रमा काम गर्दै आएको नेबिकोले उपभोक्ताको रुचि अनुसार विभिन्न भेराइटिका विस्कुटहरु उत्पादन गर्दै आएको छ ।
बिस्कुट सार्वजकिक कार्यक्रमको अवसरमा पत्रकार, डाक्टरहरु, उद्योगी, व्यवसायी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरु कार्यक्रममा उपस्थित थिए ।
कार्यक्रमकै अवसर पारेर नेबिकोमा आवद्ध कर्मचारीहरुको नियमित स्वास्थ्य जाँचलाई सहज पार्ने उद्धेश्य सहित नेबिकोमा आवद्ध कर्मचारीलाई २० प्रतिशत र कार्यक्रममा उपस्थित अन्य व्यक्तिहरुलाई १० प्रतिशत छुट सहित कार्ड समेत उपलब्ध गराएको छ । यसकाे निम्ति स्टार अस्पतालसँग सहमतिपत्रमा हस्ताक्षर भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij