दीपक घिमिरे काठमाण्डू कार्तिक ९ गते देखि प्रदर्शनको लागि तयारी अवस्थामा रहेको चलचित्र “ऐश्वर्य” प्रदर्शन मिति नजिकिँदै गर्दा आक्रामक प्रचार-प्रसारमा रहेको छ l
चलचित्रमा रमेश , प्रशान्त र दीपिकाको अलावा केकी अधिकारी , निर्मल शर्मा , अर्जुन श्रेष्ठ , केशव भट्टराई , सुनिता ठाकुर , विकास खतिवडा , अमित पोखरेल लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ । मेश उप्रेती प्रस्तुतकर्ता रहेको यस चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । यो चलचित्रको कथा लेखन तथा निर्देशन दिवाकर भट्टराईले गरेका हुन् । चलचित्रमा सुदिप बरालको छायांकन , दिर्घ खड्काको सम्पादन , अर्जुन पोखरेल र बिराज गौतमको संगीत र रामजी लामिछाने , तेन्जु योन्जन र एन्जिला खत्रीको नृत्य निर्देशन समावेश रहेको छ । यस्तै चलचित्रको सह निर्माताको रुपमा निर्मल शर्मा रहेका छन् । चलचित्रको सह निर्माता निर्मल शर्मा भनूहुन्छ निकै मिहिनेत गरेका छौ त्यसैले दर्शकको साथ पाउनेमा विश्वस्त छु ।
तर चलचित्र “ऐश्वर्य” प्रदर्शन मिति नजिकिँदै गर्दा कुनै पनि पोस्टरमा नायिका केकी अधिकारीलाई समावेश गरिएन जब कि उनि पनि चलचित्रको मुख्य पात्र हुन् । यसरी केकी लाई एक्कासी पोस्टरमा समावेश गर्नु पनि प्रोमोसनकै एक पाटो रहेको निर्माण पक्षको भनाई रहेको छ । उता चलचित्रमा रमेश उप्रेतीको अपोजिटमा नव नायिका दीपिका प्रसाई निकै जबरजस्त तरिकामा देखिएकी छिन् । रमेश र दीपिका बिशेष गरि निकै मेहेनतको साथ यति बेला चलचित्रको प्रोमोसनमा कुदिरहेका छन् ।
चलचित्रलाई अल नेपाल डिसीएनले वितरण गर्नेछ सार्वजनिक गीत तिमी रोएको पल र ट्रेलरले चर्चामा ल्याएको कार्तिक ९ मा रिलिज हुने चलचित्र ‘ऐश्वर्य’ ले केकी अधिकारीलाई अगाडी ल्याएको छ l सुदीप वरालको छायाँकन रहेको यो चलचित्र कार्तिक ९ मा रिलिज हुनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij